• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटीहोममा देवी प्रतिभाको भव्य बिदाई, हजारौँ भक्तजन भावविह्वल

नीतिप्रेस by नीतिप्रेस
May 31, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको शुक्रबार साँझ भव्य बिदाई गरिएको छ ।

कोटहोमका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले नेपाली काठमा हातले शिवको तस्बिर कुँदिएको मायाको चिनोसहित उनको बिदाई गरेका हुन् । बिदाईमा महाराज, कोटीहोम आयोजक समितिका सहसंयोजक युवक लामिछानेलगायतले देवीलाई डालाका डाला पुष्पार्पण गरेका थिए ।

उनको बिदाईमा कोटीहोम स्थल दुलही अन्माएपछिको घर जस्तै बनेको थियो भने रातिसम्म बसेका हजारौँ भक्तजन भावविह्वल बनेका थिए ।

सो अवसरमा बोल्ने क्रममा महाराजजीले बोल्ने आँटै नआएको भन्दै भावुक बन्न खोजे तर सम्हालिएर बोले । हामी सबै पृथ्वीमा निकै छोटो समयका लागि आएको भन्दै उनले गण्डकी कोटीहोम अत्तराद्र्धमा आएको र देवी प्रतिभा सबैको मन मुटुमा बस्न सफल भएको बताए ।

‘देवी प्रतिभा जसको बारेमा जसले जति लेखे पनि कमै हुन्छ, सर्वगुणले भरिपूर्ण हुनुहुन्छ, उहाँका प्रत्येक वाणी अमृत सरह हुन्छ’, उनले प्रशंसा गरे ।

‘देवी प्रतिभाले भारतमा कैयौँ कार्यक्रम छाडेर, ४५ घण्टा भन्दा लामो यात्रा गरेर पोखरा आउनु भयो, यो जत्तिको महत्वपूर्ण अन्य केही हुन सक्दैन’, महाराजले भने, ‘देवी प्रतिभा र राधिका दासी मेरा दुई नयन हुनुहुन्छ ।’

उनले भावकु हुँदै थपे, ‘बिदाई शब्द सुन्नै चाहन्न तर बाध्यताले नै बिदाईका लागि म मञ्चमा उभिइरहेको छ, मेरा गोडा लगलग कापिरहेका छन् ।’

महाराजजीले यसो भनिरहँदा देवी प्रतिभाका आँखाबाट बर्बर्ती आँसु खसिरहेका थिए । महाराजजीले नेपालको सात वटै प्रदेशमा कोटीहोम सञ्चालन गर्ने उद्घोषसमेत गरे ।

प्रवचन दिने क्रममा शुक्रबार देवी प्रतिभाले ‘भोलिबाट मेरो आवाज सुन्न पाउनुहुने छैन, त्यसैले आजै जोड से बोलौँ, प्रेम से बोलौँ’, भन्दा भक्तजनले हात उठाएर ठूलो आवाजमा ‘राधे राधे’ भनेका थिए ।

कोटीहोममा देवी प्रतिभाको यो सहभागिता दोस्रो हो । उनले यसअघि पनि १४ दिनसम्म प्रवचन दिएकी थिइन् ।

उनको बिदाईमा ‘देवीजी दोस्रो चोटी पोखरा आउनु भो, हामीलाई मोहनी लाउनुभो’ जस्ता संगीतमय गीत प्रस्तुत गरिएको थियो ।

गीतमार्फत नै पोखरेलीलाई कहिल्यै नभुल्न देवीसँग आग्रह गरिएको थियो । देवीको टिममा सहभागी सबैलाई सम्मानसहित बिदाई गरिएको थियो ।

Previous Post

पहिरोमा पुरिएर मृत्यु भएका एक्साभेटर चालकको परिवारलाई २४ लाख क्षतिपूर्ति

Next Post

लमजुङबाट पोखरा आउँदै गरेको बस पार्चेमा दुर्घटना, १८ यात्रु घाइते

Next Post
Photo : Suraj Gurung

लमजुङबाट पोखरा आउँदै गरेको बस पार्चेमा दुर्घटना, १८ यात्रु घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन