पोखरा । लमजुङबाट पोखरा आउँदै गरेको बस शुक्रबार कास्कीको रुपा गाउँपालिका वडा नं १ पार्चेमा दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।
बसको ब्रेकमा समस्या आएपछि ग१ख ४१०१ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते हुने सबैजना मध्यनेपाल–७ रामबजारका हुन् । जसमा ६२ वर्षीया राधिका घिमिरे, ८२ वर्षीया मेनुकादेवी घिमिरे, ५९ वर्षीया शोमा थापा, ५४ वर्षीया लक्ष्मीकुमारी गुरुङ, ४५ वर्षीया सरस्वती केसी, ८३ वर्षीया जमुना देवी घिमिरे, ४२ वर्षीया रीता घिमिरे छन् ।
यसैगरी ५६ वर्षीया सावित्रा घिमिरे, ४१ वर्षीया पार्वती घिमिरे, ४८ वर्षीया सीजा थापा, ७५ वर्षीय चन्द्रबहादुर केसी, ७१ वर्षीय नेत्रबहादुर केसी, ३० वर्षकी लीला केसी, ३७ वर्षकी शान्ती केसी, ६३ वर्षका हरिकृष्ण घिमिरे, ४८ वर्षीया कमलादेवी घिमिरे र ५५ वर्षकी मैया कुँवर पनि दुर्घटनामा घाइते भएका छन् ।
बसका चालक लमजुङ, मध्यनेपाल-७ रामबजारकै ३४ वर्षीय सन्तोष लामालाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






