• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘भक्तजनको आशिर्वादले कोटिहोम ऐतिहासिक’

नीतिप्रेस by नीतिप्रेस
June 1, 2025
in गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशिर्वादले ऐतिहासिक बनेको छ। दान सेवा अर्पण गर्नका काेटीहाेममा सहभागी समाजसेवी तथा धर्मप्रेमी महानुभाव, समस्त सनातनीको साथ, सहयोग, समन्वय, सहकार्य, माया, प्रेम र आशिर्वादले नै कोटिहोम ऐतिहासिक बनेको आयोजकको भनाई छ ।

महायज्ञका प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो छ । यतिबेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति भने घटेको छैन । 

‘तपाईँहरूको ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएको छ । भक्तजनहरूकै आशिर्वाद, ईश्वरको कृपा र इच्छाले नै कोटिहोम महाज्ञय जस्तो महा अनुष्ठानहरू वास्तवमै ऐतिहासिक बन्न सम्भव भएको छ’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भने, ‘देशभरिबाट भक्तजन उपस्थित भइदिनुभयो, देश तथा विदेशमा रहनुभएका गुरुहरूको आशीर्वचन प्राप्त हुने दिव्य अवसर प्राप्त भयो र हाम्रो जीवनकालमा दर्शन गर्न मिल्ने शतकुण्डीय गायत्री कोाटिहोमको साक्षात्कार गर्न पाउनुभयो भने यो भन्दा महान् उपलब्धि मानव जीवनको लागि अन्य के नै होला र ?’ 

कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी भोलि गुरुङ भेषमा पण्डालमा आउने भएकी छन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले भोलि गुरुङ पहिरनमा रहेर कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

यसैगरी कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता पनि समापन भएको प्रतियोगिता संयोजक प्रजापति पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको नतिजा घोषणा जेठ २४ गते हुने छ ।

कार्यक्रममा राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुली तथा निर्णायकहरू पुरुषोत्तम न्यौपाने, रिता थापा, सुरेश अधिकारी, सरला पाण्डे ,नवराज बराल, विश्वमाया पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा चर्चित लोकदोहोरी गायक विमल राज क्षेत्रीले भजन प्रस्तुत गरेका थिए ।

कोटिहोममा श्री नमुना टोल विकास संस्था परिवार पोखरा-१७ बाट ६३ हजार ६ सय ८५, शिवजी पौडेल चितवनबाट  २५ हजार ५ सय ५५, कृष्ण प्रसाद खनाल  स्याङ्जाबाट १५ हजार, रेसम लाल/प्रेम प्रसाद खनाल स्याङ्जाबाट ११ हजार ५ सय, नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी सङ्घ नेपाल स्याङ्जाबाट ३१ हजार १ सय ३५, भगवती बराल पोखरा-१७ बाट २५ हजार सहयोग प्रदान भएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिन्दवासिनी कंसाकार, लक्ष्मी तिवारी कुसुम महर्जनको उपस्थिति रहेको थियो । कोटिहोम विराट ज्ञान महायज्ञमा आयोजित नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आज पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै नगद ५१ हजार एक सय ५१ र सम्मान पत्र प्राप्त गरे । यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै नगद ४१ हजार एक सय ४१ र सम्मान पत्र,  पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै नगद ३१ हजार एक सय ३१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे । 

यसै गरी कुस्मा पर्वतस्थित नमुना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रितिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै नगद २१ हजार एक सय २१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।

प्रतियोगितामा चार जना प्रतियोगितालाई उत्प्रेरण स्वरूप पुरस्कार प्रदान गरिएको थियो । यसरी उत्प्रेरण पुरस्कार पाउनेमा बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङ रहेका छन् । उनीहरुले जनही १० हजार र सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत विद्यार्थीलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेललगायत  साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।

कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर-परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । 

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

Previous Post

अनेरास्ववियुको वक्तृत्वकलामा पोखरा युनाइटेड एकेडेमीकी मोनिका पौडेल प्रथम

Next Post

कास्कीका प्रजिअ भरतमणि पाण्डे गृह मन्त्रालयमा तानिए

Next Post

कास्कीका प्रजिअ भरतमणि पाण्डे गृह मन्त्रालयमा तानिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन