• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कोटिहोममा चित्रकार र कविको जमघट

नीतिप्रेस by नीतिप्रेस
June 5, 2025
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बिहीबार देशभरबाट चित्रकार र कविको जमघट भएको छ ।

कोटिहोमको दर्शनसँगै यहाँको अवस्थाको चित्रण र कविता माध्यबाट सन्देश दिन देशभरबाट चित्रकार कवि आएका महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटिहोमम आएका चित्रकार र कविहरूले आफ्नो कलाको माध्यमबाट कोटिहोमको वर्णन गरेका थिए । कोटिहोममा आएका चित्रकारहरूले कोटिहोममा देखिएका दृश्य, धार्मिक पुरातात्त्विक सम्पदा, देवी देवताहरूको चित्र कलात्मक ढङ्गले कोरेका थिए । चित्रकलाले कोटिहोममा आएका भक्तजनलाई आकर्षित गरेको थियो ।

देशभरबाट आएका चित्रकारहरूको संयोजन गरेका श्याम फूयालले कोटहोममा कोरिएका चित्रहरू मानव सेवा फाउन्डेसनलाई प्रदान गर्ने जानकारी दिए । यसै गरी कोटिहोममा सहभागी कविहरूले श्रुतीमधुर स्वरमा सनातन हिन्दु धर्म संस्कृतिका बारेमा उजागर गरेका थिए ।

कोटिहोममा गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री कुमार खड्काले हाम्रो धर्म संस्कृतिको रक्षा गर्नका यस्ता खालका कोटिहोम उपयोगी हुने बताए । कोटिहोम दर्शन गर्न आएकी मौलापुर नगरपालिका रौतहटकी मेयर रिना साइले भक्तजनको उत्साहजनक सहभागिताले कोटिहोम सफल भएको वताईन् ।

यसैगरी गोदावरी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राज घिमिरेले पुण्य कार्यमा सबैले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा चर्चित लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, शिव हमाल र घनश्याम रिजालको भजन प्रस्तुतिमा अतिथि तथा भक्तजन छमछम नाचेका थिए ।

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उद्घोष गरेका छन् ।

पोखरामा महानगर पालिकाका मेयर, उपमेयर, प्रवक्ता प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडा अध्यक्षको साथ र सहयोगमा जेठ ३१ सम्म सञ्चालन हुने उनले जानकारी दिए । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ सम्म रहने छिन् ।

कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी शुक्रबार क्षेत्री समुदायको पाशाकमा देखिने भएकी छन् । भागवत मञ्जरी राधिका दासी गत सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरेसँगै भोलि क्षेत्री समुदायको पोशाकमा आएर कथा वाचन गर्ने कार्यक्रम छ ।

आफु जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले विभिन्न समुदायको पहिरनमा रहेर कथा वाचन गर्ने गरेकी छन् ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले बुधवार पोखरा जारी कोटिहोमबाट अन्य प्रदेशमा पनि कोटिहोम सञ्चालन गर्ने घोषणा गरेका छन् । कोटिहोममा यति वेला विभिन्न ठाउँ बाट विभिन्न जात जातिका भक्तजन आ-आफ्नो जातीको पहिरनमा आउने गरेका छन् । यसले विभिन्न जात जातिको भेष भूषा संस्कृतिको प्रचार प्रसार कोटिहोममा भइरहेको छ ।

कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मंगल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर-परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

Previous Post

पाेखरामा मेगा वृक्षरोपण अभियानको शुभारम्भ

Next Post

कालिका माविमा अभिभावक भेला

Next Post

कालिका माविमा अभिभावक भेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन