पोखरा । तनहुँमा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ गड्योलीटारकी १५ वर्षीया निर्मला कुमाल छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाँस काट्ने क्रममा पिपलको बोटमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लागेको हाे ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्कालै उद्दार गरी उपचारका लागि जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराका लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






