पोखरा । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।
आज सुनको भाउ तोलामा चार रुपैयाँ बृद्धि भएको छ ।
मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला एक लाख ९७ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ शुक्रबार प्रतितोला एक लाख ९७ हजार एक सय रुपैयाँ थियो ।
आज पोखरा बजारमा सुनको भाउ प्रतितोला एक लाख ९८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यता, असली चाँदीको मूल्य भने स्थिर छ । शुक्रबार तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइहेको छ ।
पोखरा बजारमा चाँदीको भाउ प्रतितोला दुई हजार ९५ रुपैयाँ कायम भएको छ ।






