• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज श्रीविष्णुको प्रिय दिनमा दुई पटक शुभ बेला परेको छ, राशिफल कस्तो होला ?

नीतिप्रेस by नीतिप्रेस
June 19, 2025
in धर्म/संस्कृति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ असार ५ गते बिहीबार, इस्वीसंवत जुन १९ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आषाढकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आषाढकृष्णपक्षको अष्टमी तिथि बिहानमा ८ः४० बजेसम्म त्यसपछि नवमी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा रातिमा ८ः४३ बजेसम्म त्यसपछि रेवति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सौभाग्य ४९ घटि १६ पलासम्म त्यसपछि शोभन योग रहनेछ । करणमा तैतिल रहनेछ । आनन्दादि योगमा छत्र रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३६ पला अर्थात १३ घण्टा ५३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः१० बजे रावण मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ७ः०० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १२ः०५ बजे र अस्ताउने समय भोलि दिनमा १२ः३२ बजे रहेको छ । आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस रहेको छ । 

आजको राशिफल

मेषः आजको दिन अनपेक्षित रुपमा विभिन्न खालका अपजसको सामना गर्नुपर्ने हुन सक्छ । एकाएक खर्चको वृद्धि हुने र गर्जोटार्न धौधौ पर्ने तथा नहुने काममा बढी मन जाने हुन सक्नेछ । अगाडि सारिएको काममा बाधा बिघ्नता आउनेछ । संघर्ष एवम् अधिक परिश्रमले अपेक्षा गरिएको क्षेत्रमा केही लाभ हुन सक्नेछ भने खासै योजनाभित्र नपारिएको काम बनेर आकस्मिक लाभ हुन सक्नेछ । साथ सहयोग पनि मिल्नेछ । मठमन्दिरको दर्शन, तीर्थको यात्रा एवम् मान्यजनलाई भेट्घाट गर्ने आदिमा खर्चको सदुपयोग गर्नाले प्रतिकूल ग्रहफल कमगर्न मद्दत हुनेछ । आज देवी भुवनेश्वरीको दर्शन भक्ति गर्नु उत्तम हुनेछ ।

वृषः आजको दिन आयकर ग्रहगोचर परेको छ । कसैकसैलाई परिश्रमविनाको धर्नाजर्नतर्फ पनि मन आकर्षित हुन सक्नेछ । आफ्नै व्यक्तिले नैतिकतामा प्रश्न चिह्न लगाउन सक्ने छ, ख्याल गर्नुहोला । सामान्यतया पुरुषार्थ वृद्धि हुने, प्रशंसा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । विद्यार्थीहरु परीक्षामा उत्तीर्ण भइने र हौसला मिल्ने छ । यात्रा हुन सक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुर सम्बन्ध स्थापित हुनेछ । आज दुई अंक, सेतो रङ्ग तथा दीनदुःखीको सेवा फापकर हुनेछ ।

मिथुनः आजको दिन आत्मबल बढाउन र समयको सदुपयोग गर्न सकेको खण्डमा केही राम्रो अवसर प्राप्त हुन सक्ने देखिएको छ । धेरै हौसिन भने नहुने समय छ । बढी हौसिदा बन्नपर्ने काम नबन्न पनि सक्नेछ । सामान्यतया मानसम्मान बढ्ने तथा पद प्रतिष्ठा प्राप्ति हुन सक्ने ग्रहगोचर परेकोले राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिन सक्ने लक्षण छ । व्यापार व्यवसायबाट ठिकै लाभ गर्न सकिने छ भने उच्च आहोदाका व्यक्तित्वसँग भेटघाट हुन सकिने र आड भरोषाजन्य आश्वासन मिल्न सक्ने छ । आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने विद्वान एवं मान्यजनबाट आशिर्वाद लिनु उचित देखिन्छ ।

कर्कटः आजको दिन सात्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनसँगको भेटघाट र योजना आदिको बारेमा संवाद हुन सक्नेछ । केही अवरोधको वावजुद व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुन पाइने छ । ईज्जत प्रतिष्ठा एवम् कान्ति बढ्नेछ । बढी ईच्छ्याएको काममा आउने बाधा ब्याबधान हटाउन भैरवदेवको दर्शनभक्ति गर्नु उपयुक्त हुनेछ ।

सिंहः आजको दिन केही संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउन सक्ने ग्रहगोचर रहेकोले आहार विहारमा ख्याल पुर्याउनु पर्नेछ । शत्रुपक्ष सक्रिय हुन सक्ने र कार्यक्षेत्रमा पनि केही अवरोधको सामना गर्नुपर्ने हुनसक्छ । तथापि हतोत्साही चाहीँ भइहाल्न पर्दैन । सकारात्मक सोँचको विकास गरी धैर्य र संयमको अभ्यास गर्नु उपयुक्त हुनेछ । नचिताएको तर्फबाट आकस्मिकरुपमा केही भौतिक उपलब्धि हुन सक्नेछ भने सावधानीपूर्वक गरिने कार्यबाट केही लाभ पनि हुनेछ । आठ अंक, रातो रङ्ग शुभ रहनेछ भने बाधा बिघ्न निवारणका लागि कन्या कुमारीलाई सेतो वा रातो पदार्थ दान दिनु उपयुक्त हुनेछ ।

कन्याः आजको दिन भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेम सम्बन्धमा सुधार आउनेछ । उपलब्धिकर यात्रा हुनसक्ने तथा सहयोगी स्वजनहरुसँग भेट्घाट हुन पाइने छ । व्यापार व्यवसाय आदिबाट हैसियत अनुसारको लाभ मिल्ने देखिन्छ । सामाजिक प्रतिष्ठा बढ्ने एवं कार्यक्रम आदिमा सरिक हुन पाइनेछ । विवाह योग्य युवायुवतीको लागि वैवाहिक कुरा चल्न सक्ने छ । सात अंक, सेतो रङ्गको प्रयोग आज तपाईँको लागि शुभ रहने छ भने विपरित लिङ्गीको सेवा गर्नु वा सेतो रङ्गको वस्तु दान दिनु उचित हुनेछ ।

तुलाः आजको दिन पुरुषार्थ बढ्ने कार्य क्षेत्रमा आएको अड्चन हटाउन प्रयत्न हुनेछ भने विपक्षीका उपर प्रतिकार गर्ने योजना पनि बन्नेछ । तर ग्रहले त्यति धेरै बल दिइसकेको छैन । जसको कारणले आँट आएपनि काम फत्ते गर्न अल्लि गार्हो पर्नेछ । ससाना काम एवं व्यवसायमा उन्नति हुने र आम्दानी बढ्न सक्ने छ । शारीरिक आरोग्यता बढ्ने, अनुहारमा कान्ति वृद्धि हुनेछ । आज छ अङ्क, हरियो रङ्गको प्रयोग र बढी आँट गरेको काममा सफलता प्राप्त गर्न गुरु वा विद्वान मान्यजनको वा गाईको सेवा गर्नु उपयुक्त हुनेछ ।

वृश्चिकः आजको दिन आत्मप्रशंसाको आसक्ति बढेर जाने गोचर परेको छ । महत्वाकांक्षी मनोविज्ञानको व्यवहार देखाउनाले व्यक्तित्वमा ह्रास आउन सक्ने छ । भएर पनि नभएजस्तो अर्थात सह नहरहेजस्तो पर्नसक्ने छ । अलि बढी जोड गरिएको काममा अदृश्य रोकावट आउन सक्नेछ । आज बोलीवचनको व्यवहारमा पनि संयम अपनाउनु उचित हुनेछ । अर्काको चियोचर्चोमा समय दिँदा आफ्नो कार्य अधुरो रहन सक्ने कुरालाई नकार्न सकिन्न । पाँच अङ्क, रातो एवं सेतो रङ्गको उपयोग र भगवान भैरवदेवको दर्शन भक्ति गर्नाले दुःख कम गरी सुख वृद्धि हुनेछ ।

धनुः आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्न पर्नसक्ने छ । अल्मल्याउने र अवरोध गर्ने तथा ईश्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकीर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइन सक्नेछ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्न सक्ने सम्भावना भएकोले बैठक आदिमा नयाँ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशील रहनाले संघर्षबाट केही लाभ भने गर्न सकिएला । माँ सन्तोषीको श्रद्धाभक्तिको साथमा आमा समानकी मातृशक्तिको आशिर्वाद आज तपाईका लागि उपयुक्त हुनेछ ।

मकरः आजको दिन हिम्मतिलो र सक्रिय भूमिका हुँदाहुँदै पनि मुख्य काममा अपेक्षा गरेबमोजिम फल नपाइने हो कि भन्ने शङ्का देखिएको छ । तथापि ठूलो परिणाममा नभए पनि केही उपलब्धि भने हुनेछ । आज गर्नै खोजेको कार्यलाई मान्यजनको अनुमति नमिल्न पनि सक्ने कुरालाई नकार्न सकिन्न । दिन उत्साह-उमङ्गिलो दिन मान्न सकिन्छ । स्वजनबाट सहयोग मिल्ने र प्रतिस्पर्धामा विजय भइनेछ । सामान्यतया आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ । आज गुरुजनको आशिर्वाद लिनु वा उहाँहरुलाई खुशी बनाउनुले मुख्य काममा आउने अवरोध निवारणको लागि मद्धत गर्नेछ ।

कुम्भः आजको दिन आर्थिक धन सञ्चय हुने ग्रहगोचर परेको हुनाले व्यवसायिक क्षेत्रबाट राम्रो धन लाभ गर्न सकिने छ । कसैकसैलाई पेशा इतरको क्षेत्रबाट पनि अर्थलाभ हुन सक्ने छ भने गुप्तधन प्राप्ति हुन सक्ने सम्भावना पनि देखिन्छ । यथोचित उपलब्धि हुनाले काममा हर्ष उल्लास एवम् उत्साह बढ्ने छ । वाणीको ओज बढ्ने हुनाले बोली वचनले मान्छेहरुलाई प्रभाव पार्न पनि सकिनेछ । परोपकार एवम् समाज सेवाका काम कार्यमा पनि सरिक हुने तथा भूमिका निर्वाह गर्ने मौका मिल्न सक्नेछ । आज दुई अंक, सेतो रङ्ग उपयोगी हुनेछ भने सन्तोषीमाँको सेवा आराधना पूण्यप्रद हुनेछ ।

मीनः आजको दिन शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुन सक्नेछ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुन सक्ने देखिन्छ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्न सकिनेछ । कार्यक्षेत्रमा तथा सामाजिक जिम्मेवारी थपिन सक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइन सक्नेछ । नयाँ लगानीको प्रस्ताव आउन सक्ने सम्भावना पनि देखिन्छ । आज पितृको नाममा गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।

साहित (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिणतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः०७ बजेदेखि ६ः५१ बजेसम्म शुभ बेला
बिहान ६ः५१ बजेदेखि ८ः३५ बजेसम्म रोग बेला
बिहान ८ः३५ बजेदेखि १०ः२० बजेसम्म उद्धेग बेला
बिहान १०ः२० बजेदेखि १२ः०४ बजेसम्म चर बेला
दिनमा १२ः०४ बजेदेखि १ः४८ बजेसम्म लाभ बेला
दिनमा १ः४८ बजेदेखि ३ः३२ बजेसम्म अमृत बेला
दिनमा ३ः३२ बजेदेखि ५ः१६ बजेसम्म काल बेला
दिनमा ५ः१६ बजेदेखि ७ः०० बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ७ः०० बजेदेखि ८ः१६ बजेसम्म रोग बेला
साँझ ८ः१६ बजेदेखि ९ः३२ बजेसम्म उद्धेग बेला
राति ९ः३२ बजेदेखि १०ः४८ बजेसम्म चर बेला
राति १०ः४८ बजेदेखि १२ः०४ बजेसम्म लाभ बेला
राति १२ः०४ बजेदेखि १ः२० बजेसम्म अमृत बेला
राति १ः२० बजेदेखि २ः३५ बजेसम्म काल बेला
रातिमा २ः३५ बजेदेखि ३ः५१ बजेसम्म शुभ बेला
रातिमा ३ः५१ बजेदेखि ०५ः०७ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Previous Post

क्रिकेटमा कास्की र पर्वतको जित

Next Post

गण्डकीमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

Next Post

गण्डकीमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन