पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा एक हजार सात रुपैयाँ घटेको छ ।
मूल्य घटेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ सोमबार प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ रहेको थियो ।
पोखरा बजारमा आज सुनको भाउ एक लाख ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ कास्कीले जनाएको छ ।
यस्तै, आज असली चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको भाउ प्रतितोला दुई हजार एक सय ७० रुपैयाँ रहेको थियो ।
आज पोखरा बजारमा चाँदीको भाउ प्रतितोला दुई हजार एक सय ९० रुपैयाँ कायम भएको छ ।






