• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अन्नपूर्ण गाउँपालिकाको बजेट ६५ करोड १५ लाख

नीतिप्रेस by नीतिप्रेस
June 25, 2025
in अर्थ/वाणिज्य, गण्डकी प्रदेश, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड १५ लाख ३४ हजार सात सय ७५ रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरेको छ ।

बजेटमध्ये २१ करोड ८२ लाख पुँजीगत र ४३ करोड ३२ लाख चालु खर्च छ । पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले समग्र विकासमा अघि बढ्ने लक्ष्य राखेको गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले जानकारी दिइन् ।

अधिकारीका अनुसार गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६० लाख, सडक, चक्रपथ तथा अन्य सडक पूर्वाधारमा ११ करोड १८ लाख ७२ हजार, वडा कार्यालय र स्वास्थ्य भवन निर्माणमा ७७ लाख, झोलुंगे पुलको दायित्व भुक्तानीमा ५० लाख विनियोजन गरिएको छ ।

आधारभूत अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १२ लाख, स्वास्थ्य बीमा प्रिमियम वृद्धिसहित ८७ लाख, धान्द्रुक स्वास्थ्य चौकीमा ल्याब स्थापना, आयुर्वेद सेवा र योग अभ्यासका लागि छुट्टै बजेट छ ।

आगामी वर्ष कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न ५५ लाख विनियोजन गरिएको छ । व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न दुग्ध, चल्ला र पशुपालन क्षेत्रमा अनुदानको व्यवस्था गरिएको छ ।

गाउँसभामा प्रस्तुत बजेट पर्यटन, कृषि, पूर्वाधार, सामाजिक रुपान्तरण र समावेशी विकासमा केन्द्रित भएको उनको भनाइ छ ।

पर्यटन प्रवर्द्र्धनका लागि होमस्टे व्यवस्थापन र सञ्चालनमा बजेट विनियोजन गरिएको छ भने अन्नपूर्ण हाट बजार तथा व्यापार मेला सञ्चालनका लागि तीन लाख छुट्याइएको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपांगता भएकाहरुका लागि ३७ लाख, ज्येष्ठ नागरिक तीर्थ भ्रमणका लागि चार लाख, स्वच्छ खानेपानी कार्यक्रमका लागि ३० लाख र विपद् व्यवस्थापन कोषमा ४० लाख बजेट छुट्याइएको छ ।

फोहोरमैला प्रशोधन केन्द्र स्थापना, मेलमिलाप केन्द्र सञ्चालन, कानुनी सचेतना, सामाजिक विकृति उन्मूलन, युवा परिचालन, प्राविधिक शिक्षा छात्रवृत्ति लगायतका कार्यक्रमका लागि समेत बजेट छ । गाउँपालिका तथा वडाहरुको प्रशासनिक र चालु खर्चका लागि नाै करोड ३० लाख विनियोजन गरिएको छ ।

Previous Post

भ्रष्टाचार मुद्दामा बयान दिन माधव नेपाल अदालतमा

Next Post

आयातमा निर्भरता घटाउन भन्सार तथा करको दरमा वृद्धि : घिमिरे

Next Post

आयातमा निर्भरता घटाउन भन्सार तथा करको दरमा वृद्धि : घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन