पाेखरा । पतञ्जलि योगको जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् । नेपालको इजलास नम्बर २ मा बयान भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपालको इतिहासमा कुनै पनि प्रधानमन्त्री भ्रष्टाचार मुद्दामा बयान दिन गएको यो पहिलो मुद्दा हो ।






