पोखरा । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालतले आदेश दिएको छ ।
पञ्जली योग पीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको हो ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईसहित रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
विशेषले गरेको म्याद तामेलीपछि नेपाल आज अदालतमा आफैँ उपस्थित भएका थिए ।






