• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बीपीले देश र जनताका लागि ठूलो बलिदानी गर्नुभयो : नेता आचार्य

नीतिप्रेस by नीतिप्रेस
July 23, 2025
in Uncategorized
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली कांग्रेसका नेता महेश आचार्यले विचारका पछि नभई गुटका पछि दगुर्ने क्रमले पार्टी सङ्गठन कमजोर बन्ने गरेको बताएका छन् ।

बीपी कोइलालाको ४३औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित कार्यक्रममा नेता आचार्यले पछिल्लो समयमा विचारका पछि नभई गुटका पछि दगुर्ने प्रवृत्ति बढिरहेको बताए ।

गुटप्रतिको दासत्वले कांग्रेस गाँजिएको बताउँदै उनले त्यसबाट माथि उठ्नु जरुरी रहेको धारणा राखे ।

बीपीका निष्ठा, समर्पणबाट वर्तमानमा धेरै सिक्न सकिने बताउँदै नेता आचार्यले सत्ताको मात्रै खेल हुँदा त्यसले देशमा दुर्गति निम्त्याउने जिकिर गरे ।

प्रजातन्त्र नभई राष्ट्रियता बलियो नहुने उल्लेख गर्दै उनले बीपीले देश र जनताका लागि ठूलो बलिदानी गर्नुभएको बताए ।

पछिल्लो समयमा आर्थिक क्षेत्रमा देखिएको गतिहीनताले निराशा छाएको र सुशासनसँगै देशभित्र रोजगारीको सिर्जनालगायतका कुरामा ध्यान दिनु जरुरी भएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेलले बीपीकै योगदानका कारण वर्तमानमा आफूहरूले अभिव्यक्ति दिनसक्ने स्वतन्त्रता प्राप्त गरेको बताइन् । 

बीपीका आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न सकेमा त्यसबाट राष्ट्रका लागि उचित मार्गनिर्देश हुने बताइन् ।

नेपाली कांग्रेस कास्कीका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले बीपी विचार आफैँमा आदर्श भएको बताउँदै त्यो कहिल्यै नमर्ने बताए । ‘नागरिक ब्रेडले हैन ब्रेनले सञ्चालन हुन्छ’ भन्ने बीपीको महान् वाणीभित्र ठूलो कुरा लुकेको उनले बताए ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीमा अनुशासन जरुरी रहेको धारणा राखे । 

नेपाली कांग्रेस गण्डकी प्रदेशका कार्यवाहक सभापति कल्पना तिवारीले बीपी विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उनका विचार सबैका लागि अनुकरणीय भएको बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), सहमहामन्त्री कोपिला रानाभाट, प्रशिक्षण विभाग उपप्रमुख प्राडा कुशुमाकर न्यौपाने, नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसी, पोखरा महानगर समिति सभापति सुरेन्द्रमान विजुक्छे, क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, नेपाल दलित सङ्घ गण्डकीका अध्यक्ष परशुराम वि पोखरेललगायतले बाेलेका थिए ।

Previous Post

कस्तो रहला आज देशभरको मौसम ?

Next Post

पोखरामा नवजात छोरा मारेर सडकमा फालेका बुवा १० महिनापछि पक्राउ

Next Post

पोखरामा नवजात छोरा मारेर सडकमा फालेका बुवा १० महिनापछि पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन