• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बाबाधामस्थित बस र ट्रक ठोक्किँदा १८ कावँरियाको मृत्यू, कैयौँ घाईते !

नीतिप्रेस by नीतिप्रेस
July 29, 2025
in घटना, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झारखण्ड राज्यअन्तर्गत देवघर जिल्लाको मोहनपुरमा मंगलबार बिहान भएको बस र ट्रकको ठोक्कावटमा परी कम्तीमा १८ जना कावडियाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घटना बिहान करिब साढे ५ बजे गोड्डा–देवघर मुख्य मार्गस्थित मोहनपुर थाना क्षेत्र अन्तर्गत जमुनिया मोड नजिक भएको हो।

हादसा निकै भयावह रहेको स्थानीयहरूले बताएका छन्। बसका परखच्चा उडेका थिए भने घटनास्थलमा नै थुप्रैको ज्यान गएको थियो। जानकारी पाएलगत्तै मोहनपुर थाना प्रमुख प्रियरंजनसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूलाई एम्बुलेन्समार्फत मोहनपुर सामुदायिक स्वास्थ्य केन्द्र (CHC) लगिएको हो।

घटनास्थल पुगेका स्थानीयहरूले २० भन्दा बढी श्रद्धालु गम्भीर घाइते भएको दाबी गरेका छन्। दुर्घटनाको खबर सार्वजनिक भएसँगै स्थानिय जनप्रतिनिधिहरूले शोक व्यक्त गरेका छन्।

देवघर क्षेत्रका सांसद निशिकान्त दुबेले घटनाप्रति दुःख व्यक्त गर्दै भने, “मेरो लोकसभा क्षेत्र देवघरमा श्रावण महिनाको काँवर यात्राका क्रममा बस र ट्रक एकआपसमा ठोक्किँदा १८ जना श्रद्धालुहरूको मृत्यु भएको खबरले म अत्यन्त मर्माहित छु। बाबा बैद्यनाथले दिवंगत आत्माहरूलाई शान्ति र शोकाकुल परिवारलाई शक्ति प्रदान गरून्।”

तर झारखण्डका स्वास्थ्य मन्त्रीले भने घटनामा ६ जनाको मृत्यु भएको र २३ जना घाइते भएको जानकारी दिएका छन्। मन्त्रीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “देवघरको मोहनपुरमा काँवरियाहरू सवार बस दुर्घटनामा ६ जनाको मृत्यु र २३ जनाको घाइते भएको पुष्टि भएको छ। मैले सम्बन्धित प्रशासनलाई तिव्र राहत र उपचार कार्य गर्न निर्देशन दिएको छु। गम्भीर अवस्थाका घाइतेलाई उच्च केन्द्रमा रेफर गर्ने व्यवस्था गर्न भनिएको छ।”

झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, “आज बिहान देवघर जिल्लाको मोहनपुर प्रखण्डअन्तर्गत जमुनिया चौक नजिक भएको बस दुर्घटनामा श्रद्धालुहरूको मृत्यु भएको दुःखद खबरले मलाई स्तब्ध बनाएको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्। घाइतेहरूको उपचारका लागि जिल्ला प्रशासनमार्फत आवश्यक सबै व्यवस्था मिलाइएको छ।”

देवघर, जसलाई बैद्यनाथधाम पनि भनिन्छ, श्रावण महिनामा शिवभक्तहरूको प्रमुख गन्तव्य मानिन्छ। प्रत्येक वर्ष लाखौं श्रद्धालु गंगाजल लिएर भगवान शिवको पूजा गर्न यहाँ आइपुग्छन्। देवघरलाई देवताको बासस्थान मानिन्छ।

स्थानीय प्रशासनले दुर्घटनाका कारणबारे अनुसन्धान थालेको छ। प्रहरीका अनुसार बस रातभरी यात्रा गरेर श्रद्धालुहरूलाई लिएर बैद्यनाथधामतर्फ जाँदै थियो, तर जमुनिया मोडमा ट्रकसँग ठोक्किँदा ठूलो क्षति भएको हो। दुर्घटनापछि केही समय यातायात अवरुद्ध भएको थियो।

Previous Post

छोराको विदेशमा मृत्यु, बुवालाई बाघले मार्‍यो

Next Post

सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्किए

Next Post

सुदूरपश्चिमका दुई मन्त्री चढेको गाडी आपसमा ठोक्किए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन