पोखरा । कास्कीको पोखरा महानगरपालिका-५ जिरो किमिबाट एक युवक पक्राउ परेका छन् । पोखरा १४ चाउथे घर भएका २२ वर्षीय दिपेन्द्र पुनलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।






