काठमाण्डौं । निजी तथा आवासीय विद्यालयहरुले भदौ ८ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेका छन् । विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै उनीहरुले आन्दोलन घोषणा गरेका हुन्।
बुधबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल एनप्याब्सनले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै निर्णायक आन्दोलन गर्ने घोषणा गरेको हो ।
माग पूरा नभए विद्यालय बन्द गरेर आन्दोलनमा उञने प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनु भएको छ । विद्यालय शिक्षा विधेयक संसदीय समितिमा पारित हुने चरणमा छ । तर, सरोकारवालाहरूले केही विषयमा असन्तुष्टि जनाएपछि समितिबाट यो विधेयक पारित हुनसकेको छैन ।
त्यसअघि भोलि बिहान ११ बजेबाट माइतीघरमण्डलमा पुगेर प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शन गर्ने, भदौ ६ गते देशैभरका स्कूल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने लगायत आन्दोलन घोषणा गरेको हो ।
विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्रीहरू उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग राखेका छन् ।






