• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्णः मजदुर नेताहरु

नीतिप्रेस by नीतिप्रेस
September 27, 2025
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मजदुर नेताहरुले जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण रहेको बताएका छन् ।


ट्रेड युनियन महासंघहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले आयोजना गरेको ‘जलवायु परिवर्तन र न्यायोचित रुपान्तरणः श्रम, रोजगारीका चुनौति एवं अवसरहरु र सञ्चारमाध्यमको भुमिका’ विषयक संवाद कार्यक्रममा मजदुर नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले जनचेतना अभिवृद्धि गर्नु नै सञ्चारमाध्यमको भुमिका भएको जिकिर गरेर  जलवायु परिवर्तन कसरी हुन्छ र के हो ?

जलवायु परिवर्तनका कारण श्रमीकमा परेको समस्याका बारेमा आम जनतामाझ सञ्चारमाध्यमले जनचेतना फैल्याउनु जरुरी रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । सञ्चारमाध्यमले सही सूचना दिनुपर्ने उल्लेख गर्दै मधेसको खडेरीले देश नै मर्कामा परेको र यसबाट प्रत्यक्ष रुपमा किसान श्रमीकहरु प्रभावित भएको जिकिर गर्नुभयो । यसको प्रभावका साथै विश्वमा जलवायु परिवर्तनका कारण भइरहेका समस्याहरुको व्याख्या सञ्चारमाध्यमले मात्रै गर्नसक्ने बताउनु भयो ।  

उहाँले भन्नुभयो, ‘सञ्चार क्षेत्रको भुमिका भनेको जनचेतना अभिवृद्धि नै हो । जलवायु परिवर्तन भनेको के हो, कसरी हुन्छ, यसबारे सचेतना नागरिकसमक्ष लैजानुपर्ने हुन्छ । यसमा सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण छ । जनचेतना अभिवृद्धिका लागि सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण छ । सञ्चारमाध्यमले सही सूचना दिनुपर्छ । मधेसको खडेरीले देश नै मर्कामा परेको छ । सारा जगतमा परेको प्रभावको व्याख्या सञ्चारमाध्यमले नै गर्नसक्छ । हामीले जतिसुकै कराउँदा पनि केही हुँदैन । सञ्चार जगतले एक पटक लेख्नु र मैले हजार जनालाई भन्नुमा आकाश पातालको फरक हुन्छ ।’


कार्यक्रममा बोल्दै ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले रोजगारीको सुरक्षा, कार्यस्थलको सुरक्षा, रोजगारीजन्य स्वास्थ्य र सुरक्षाका साथै अब जलवायु परिवर्तनका असरबाट श्रमीकवर्गमा परेको समस्याका बारेमा ट्रेड युनियनहरुले आवाज उठाउनुपर्ने समय आइसकेको बताउनु भयो । आर्थिक र सामाजिक सुरक्षाका साथै वातावरणीय सुरक्षा पनि हुनु जरुरी रहेको बताउनु भयो । समयअनुसार ट्रेड युनियनको मुद्दा परिवर्तन भइरहेको भन्दै जलवायु न्याय जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘टे«ड युनियनको पार्टबाट भन्नुपर्दा हामी वास्तवमा रोजगारीको सुरक्षा भन्छौँ । रोजगारीको सुरक्षा शुरुमा हामीले बोल्ने र भन्ने विषय त्यही हो । रोजगारीको सुरक्षा मात्रै होइन, कार्यस्थलको सुरक्षा पनि आवश्यक छ । रोजगारीजन्य स्वास्थ्य र सुरक्षाको कुरा छ । आर्थिक र सामाजिक सुरक्षाको कुरा पनि छ ।

अहिले वातावरणीय सुरक्षाको कुरा पनि छ । समयअनुसार हाम्रो मुद्दा पनि परिवर्तन भइरहेको छ । हामी रोजगारी व्यक्तिको सुरक्षाको कुरा गर्दछौँ, स्वास्थ्यको, रोजगारीको सुरक्षाबाट अहिले हामी सिंगो व्रह्माण्डको कुरा गरिरहेका छौँ । समय सन्दर्भअनुसार परिवर्तन हुँदै आइरहेको छ । क्लाइमेट जस्टिस स्वच्छ जस्टिसकै पाटो हो । क्लाइमेट जस्टिससँगै न्यायिक रुपान्तरणको कुरा गरिरहेका छौँ । श्रमीकहरु नै यसबाट प्रभावित भएको छ । हामी रोजगारीबाट विस्थापित हुँदैछौँ, नयाँ रोजगारीमा जानुपर्ने स्थिति छ । वातावरणको इस्यु हामीले उठाइरहेका छौँ । यो विषय एजुकेसनको पार्ट पनि बनाउनु पर्छ । पाठ्यपुस्तकको विषय नै हुनुपर्छ ।’

उहाँले जलवायु परिवर्तनबाट श्रमीक वर्गहरु र त्यसमा पनि महिला श्रमीकहरु बढी प्रभावित भएको बताउनु भयो । जलवायु परिवर्तनका कुराहरु र त्यसको प्रभावबारे पाठ्यपुस्तकमै समावेश गरेर जानकारी दिनु जरुरी रहेको बताउनु भयो । —

Previous Post

अब इजरायली युद्ध रोक्ने बेला भयो, वेस्ट बैंकलाई इजरायली कब्जामा जान दिँदैनौँः ट्रम्प

Next Post

जेन–जी शहीदका रगतको नजरअन्दाज नगर्न अन्तरिम सरकारलाई राप्रपाको चेतावनी

Next Post

जेन–जी शहीदका रगतको नजरअन्दाज नगर्न अन्तरिम सरकारलाई राप्रपाको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन