• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मैदानमा दशैँ मनाउँदै नेपाली यु–१७ महिला टोली

नीतिप्रेस by नीतिप्रेस
September 28, 2025
in खेलकुद समाचार, धर्म/संस्कृति, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेन—जीको आन्दोलनबाट आएको अवस्था परिवर्तनपछि देशमा अहिले सबैभन्दा ठूलो पर्व बडादशैँको रमझम छ भने अधिकांश नेपालीहरू आफ्ना कर्मथलोबाट जन्मोथल फर्किंदैछन् । आन्दोलनले निम्त्याएको तोडफोड र आगजानीसँगै मानवीय क्षतिले देशमा चिन्ता छ । तर यो बडादशैँले केही भए पनि खुशी दिने माध्यम बन्नेछ ।


तथापि यो खुहीको अवसरमा देशको झण्डा बोक्ने खेलाडीहरू भने मैदानमा नै दशैँ मनाउने तयारीमा छन् । अहिले नेपाली राष्ट्रिय क्रिकेट टोली, काभा यु–१९ महिला महिला भलिबल टोली र नेपाली यु–१७ महिला फुटबल टोली दशैंको रमझमका बीच मैदानमा प्रशिक्षण गरिरहेका छन् । यीमध्ये चर्चा गरौं नेपाली यु–१७ महिला टोलीको । गत भदौ १६ गते भूटानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टोली तेस्रो भएको थियो । यो च्याम्पियनसिप सकिएलगत्तै नेपाली टोली फेरि अर्को तयारीमा जुट्यो, त्यो हो, एएफसी यु–१७ महिला एशियन कप क्वालिफायरमा । आगामी अक्टोबर १३ देखि थाइल्यान्डमा छनोट शुरु हुँदैछ ।


नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा बलियो टोली थाइल्याण्डसँगै तुर्केमिनिस्तान पनि छ । समूहको शिर्ष टोली एशियन कपका लागि छनोट हुनेछ । तुलनात्मक रूपमा यी टोली नेपालभन्दा बलिया छन् । तर नेपाली महिला टोली लामो समयदेखि मैदानमा तयारीबाट छनोट हुने आत्मविश्वासमा छ । यसपल्ट दशैं मैदानमा नै मनाएर यो च्याम्पियनसिपमा छनोट हुने लक्ष्यसहित नेपाली यु–१७ टोली अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षणमा व्यस्त छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ सकिएको दुई दिनपछि नै लगातार प्रशिक्षण गर्दै साफमा देखिएका कमजोरी सुधार गरिएको बताएका छन् ।


उनले डिफेन्स र मिडफिल्डमा काम गरिरहेको उल्लेख गरे । साफमा ६ वटा खेलले खेलाडीमा अनभुवी पनि पाएको र यसले गर्दा एएफसी कप क्वालिफायरमा राम्रो नतिजा ल्याउने उनको विश्वास छ । शुरुदेखि फिटनेसमा सुधार गर्न काम गरेको र पावर ट्रेनिङ पनि गराएको प्रशिक्षक श्रेष्ठ बताउँछन् । यसले खेलाडीको प्रदर्शनमा सुधार आउने अपेक्षा छ । थाइल्याण्ड सबैभन्दा बलियो टोली रहेको र टिमवर्कमा राम्रो रहेको प्रशिक्षक श्रेष्ठ बताउँछन् । तर त्यसअनुरूप आपूmले खेलाडीलाई तयारी गराएको उल्लेख गरे । 

नेपालीहरूको महान पर्वमा पनि खेलाडीलाई तयारीमा जुट्न प्रोत्साहित गरेको उनी बताउँछन् । यसमा खेलाडीहरू पनि खुसी रहेको उनले बताए । राइट डिफेन्समा केही कमजोरी रहे पनि त्यसमा सुधार गर्ने लक्ष्य नेपाली टोलीको रहेको छ । विभागका सिनियर टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै यो टोलीलाई म्याच एक्सपोजर पनि पर्याप्त दिने उनी बताउँछन् । साफको तुलनामा खेलाडीको प्रदर्शनमा धेरै सुधार भएकोमा उनी खुशी छन् । लगातार यी खेलाडीले प्रतियोगिता खेल्न पाएमा सिनियर राष्ट्रिय टोलीमा पनि स्थान लिनेमा उनी विश्वस्त देखिन्छन् । 


मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २५ दिनको छनोटपछि शनिवार २३ सदस्यीय अन्तिम टोली छनोट गरेका छन् । मिडफिल्डर भुमिका बुढाथोकी कप्तानीमा टोली छनोट गरिएको हो । गत साफमा पनि नेपालले उनकै कप्तानीमा खेलेको थियो । कप्तान भुमिकाले प्रशिक्षकले दशैँमा मैदानमा नै मनाउने र देशलाई खुशी दिने लक्ष्यमा आफूहरू रहेको बताइन् । टेक्निकल र फिजिकल पक्षमा काम भइरहेको उनको भनाइ छ । साफमा भएका गल्तीलाई सुधार गर्ने प्रयास भएको उनी बताउँछन् । थाइल्याण्डमा छनोट भएर फर्कने लक्ष्य रहेकाले सबैले त्यहीअनुरूप मेहनत गरेको कप्तान भुमिकाले बताइन् । आफूहरूको मनोबल हामी जित्छौं भन्ने रहेको उनी बताउँछिन् । 


नेपाली यु–१७ टोलीमा स्ट्राइकर पूजा गिरी र अट्याकिङ मिडफिल्डर आयुषा रेउलेले पुनरागमन गरेका छन् । प्रशिक्षक श्रेष्ठले गत साफ यु–१७ च्याम्पियनसिप खेल्ने टोलीबाट तीन खेलाडी प्रतिस्थापन गरेका हुन् । गोलकिपर गंगा गुरुङको स्थानमा भूपिका शाहीलाई मौका दिइएको छ । आयुषाले सेन्ट्रल मिडफिल्डर दिकी स्याङ्बो तामाङ र पूजाले दीक्षा रानापाललाई प्रतिस्थापन गरिन् । पूजा र आयुषाले गत वर्षको मार्चमा सम्पन्न साफ यु–१६ च्याम्पियनसिपको छैटौं संस्करण पनि खेलेका थिए । त्यसपछि गत डिसेम्बरमा भुटानसँगको मैत्रीपूर्ण खेलमा पनि यी दुईले नेपालको जर्सी लगाएका थिए । तर भूटानमा सम्पन्न साफ यु–१७ च्याम्पियनसिपमा यी दुवै अन्तिम टोलीमा अटाएनन् ।


समूह ‘एफ’ मा रहेको नेपालले अक्टोबर १५ मा तुर्किमिनिस्तान र १७ मा थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । सिंगल राउण्ड रोबिनको आधारमा प्रतिष्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एशियन कपको १०औं संस्करणमा स्थान बनाउनेछ । नेपाली टोली देशको सबैभन्दा ठूलो चाढमा मैदानमा नै तयारी गर्दै यसपल्ट यो अवसर खेल जान नदिने लक्ष्यमा छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को योजनाअनुरूप नै खेलाडी पनि प्रशिक्षण नरोक्न तयार भएका हुन् । यससँगै उनीहरूको दशैं सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । शनिबार सार्वजनिक भएको यु–१७ टोलीको तीन गोलकिपरमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भूपिका छन् । 


डिफेन्डरमा दीक्षा रायमाझी, अलिजा कुमारी बिक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्सु बिक छन् । मिडफिल्डरमा रवीना बिक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबतिका कार्की, भुमिका बुढाथोकी, आयुषा रेउले र सृजना बडुवाल छनोट भए । फरवार्ड अस्मिता मगर, पूजा गिरी, यमकुमारी बिक र अनिता रानामगरले स्थान बनाए । 

Previous Post

लुम्बिनी प्रादेशिक अस्पताल निर्माण आयोजनाको प्रगति २८.५० प्रतिशतः ३ वर्षभित्रै सक्ने लक्ष्य

Next Post

लाग्यो दशैँः मच्चिए पिङ

Next Post

लाग्यो दशैँः मच्चिए पिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन