• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विदेशी मुद्रा सञ्चिति ‘ऐतिहासिक’

नीतिप्रेस by नीतिप्रेस
October 15, 2025
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विदेशी मुद्रा संञ्चिति बढेर ऐतिहासिक अवस्थामा पुगेको छ । 
वैदेशिक रोजगारमा गएकाले पठाउने विप्रेषणको आकार बढ्दै जानुका साथै मुलुकबाट बाहिरिने भन्दा भित्रिने विदेशी विनिमय मुद्राको आकार बढ्नु, शोधनान्तर निरन्तर वचतमा हँुदा विदेशी मुद्रा सञ्चितिको आकार चुलिएको हो । नेपाल राष्ट्र बैंककाअनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा ६.९ प्रतिशतले वृद्धि भई २५८२ अर्ब ३८ करोड पुगेको छ । 
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ भदौ मसान्तमा १३.७ प्रतिशतले वद्धि भई २ खर्ब ९८ अर्ब ९७ करोड कायम भएको छ ।
२०८२ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को साउन–भदौंको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९ दशमलव ७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४७ दशमलव २ प्रतिशत, १३३ दशमलव १ प्रतिशत र ३६ दशमलव ६ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३ दशमलव ८ प्रतिशत, १२८ दशमलव १ प्रतिशत र ३४ दशमलव १ प्रतिशत रहेका थिए ।
नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३३.१ प्रतिशत र अमेरिकी डलरमा २७.६ प्रतिशतले वृद्धि भएको छ । २०८२ सालको भदौ महिनामा मात्र १७४ अर्ब ६७ करोड रुपैयाँ बराबरको विप्रेषण आएको छ । निर्यात ८८.६ प्रतिशत र आयात १६.२ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा नेपाल सरकारको कुल खर्च १८० अर्ब १७ करोड र राजश्व परिचालन १५७ अर्ब ५३ करोड रुपैयाँ भएको छ । 
विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यो वृद्धि १२.४ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ०.५ प्रतिशत र निजी क्षेत्रका कर्जामा ०.९ प्रतिशतले वृद्धि भएको छ ।
अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर २.१३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जाको ब्याजदर ७.६६ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

Previous Post

आजको राशिफल : आज सूर्यदेवको प्रिय दिन मा तपाईंको राशिफल कस्तो होला ?

Next Post

काँग्रेस र एमालेलाई बाहिरै राखेर मधेसको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेश

Next Post

काँग्रेस र एमालेलाई बाहिरै राखेर मधेसको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन