तेहरान अन्तर्राष्ट्रिय लघु फिल्म महोत्सवको ४२ औं संस्करण विभिन्न विधाका विजेताहरूको घोषणासँगै सम्पन्न भएको छ । ६ दिने महोत्सवमा चीन, फ्रान्स, इटाली, जापान, रूस र संयुक्त राज्य अमेरिका सहित विश्वभरका ५० भन्दा बढी देश र क्षेत्रका विभिन्न कामहरू प्रदर्शन गरिएको थियो । महोत्सवको अन्तर्राष्ट्रिय प्रतिष्पर्धा खण्डमा यस वर्ष ९० भन्दा बढी कामहरूको विश्वव्यापी चयन प्रश्तुत गरिएको थियो ।






