राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ । आयोगले बुधवारवार प्रसाईसँग छलफल गरेको हो । प्रसाईंले मंसिर ७ गतेदेखी आन्दोलन गर्न घोषणा गरेपछि आयोगले आन्दोलनका बारेमा चासो राखेको हो । आन्दोलनका स्वरुपका बारेमा आफूसँग आयोगका अध्यक्ष तपबहादुर मगरले चासो राख्नुभएको संयोजक प्रसाईंले जानकारी दिनुभयो । उहाँले आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको दाबी गर्नुभयो ।






