हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरवासी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । यसमा यसमा १३ हजार ५ सय ७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति रहेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा गर्दै यस सम्बन्धी जानकारी दिएको हो । यस वर्ष १ लाख ९४ हजार १ सय ९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको बताइएको छ । जसमध्ये ८४ हजार ७ सय ४ जनाले बहिरङ्ग सेवा लिएका छन् । यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिएको पनि बताइएको छ । १ सय २० वटा स्वास्थ्य संस्थाको अनुगमन गरिनुका साथै १ हजार ८७ जनाको विपन्न नागरिक उपचार सिफारिस भएको छ ।






