जेनजी आन्दोलनको कारण देखाउँदै बन्द भएको पाँचतारे होटल हयात रिजेन्सीले श्रमिक कटौटीको घोषणा गरेको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगलागीका कारण होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाउँदै १३३ जना श्रमिकको कटौती गर्ने निर्णय गरेको हो । यो निर्णय मंसिर २२ गते (डिसेम्बर ७, २०२५) बाट लागू हुने बताइएको छ । होटलको मानव शंसाधन विभागका महाप्रवन्धक आशिष कुमारले दिएको जानकारी दिँदै भने–‘होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नुपर्ने एवं यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई कटौती गर्नपर्ने भएकाले यो सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात मिति २०८२।०८।२२ गते देखि लागू हुनेगरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गर्न यो सूचना जारी गरिएको छ ।






