नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपा, नेपाल)का संरक्षक रेशमलाल चौधरीले देशका सबै आन्दोलनहरूलाई सरकारले राजनीतिक रूपमा हेरेपनि टिकापुर आन्दोलनलाई भने अपराधको रूप दिएको आरोप लगाउनुभएको छ । बुधवार निर्वाचन आयोगले नाउपा, नेपाललाई दल दर्ताको प्रमाणपत्र दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । राज्यले हालै भएको आन्दोलनलाई पनि राज्यले राजनीतिक बनाएको बताउनु भयो । जेनजी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकमी दुवै मारिएको उल्लेख गर्नुहुँदै उहाँले त्यस आन्दोलनलाई पनि राजनीतिक रूपमा सम्बोधन गरिएको बताउनु भयो । तर टिकापुर विद्रोहलाई राज्यले अपराधको रूपमा लिएको उहाँको भनाई छ । उहाँले यो नै निरकुंशताको प्रतिक भएको बताउनु भयो ।






