मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालका लागि एमसीसी कम्प्याक्टमा अतिरिक्त ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान थप गर्ने भएको छ । यससँगै परियोजनाअन्तर्गत उपलब्ध कुल सहायता ७४ करोड ७० लाख अमेरिकी डलर (लगभग १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । सम्झौताअनुसार अमेरिकाबाट कुल ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर निवेश हुनेछ । एमसीसीले उपलब्ध गराएको यो अतिरिक्त सहयोगले नेपालका प्राथमिकताप्राप्त प्रसारण लाइन तथा ऊर्जा पूर्वाधार परियोजनाहरूलाई पूर्णता दिन महत्वपूर्ण टेवा पु¥याउने बताइएको छ ।






