सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधवार भएको छलफलमा उहाँले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको बताउनुभएको हो । उहाँले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताउनु भयो । उहाँले निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरुसँग निरन्तर संवाद गरिरहेको जानकारी दिनुभयो ।






