नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले खुलेआम भ्रष्टाचारको काण्ड मच्याएको आरोप लगाउनुभएको छ । मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठकलाई सम्बोधन गर्दैै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति समेत जनाउनु भयो । उहाँले आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भएपनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको जिकीर समेत गर्नुभयो ।






