आज बुधवार शेयर बजार घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९८ अंकले घटेको हो । बजार बन्द हुँदा नेप्से ०.१९ प्रतिशतले घटेर परिसूचक २५६१ विन्दुमा आएको छ । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । मंगलवार ४ अर्ब बढीको कारोबार भएकोमा आज नेप्से घटेसँगै कारोबार रकम ३ अर्बमा आएको छ । आज दिनभरमा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७० वटा कम्पनीको शेयर मूल्य घटेको छ ।






