नवगठित प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले काँग्रेस, एमाले र माओवादी केन्द्रले आ—आफ्नो क्रान्तिकारी छवि बचाउन नसकेकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामविहीन अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यी तीन पार्टीहरु लामो समय सत्तासीन भएपनि सामाजिक विभेद, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दाहरूलाई पर्याप्त प्राथमिकता दिन नसकेको मुलुक असफल बन्न पुगेको आरोप लगाउनुभएको हो ।






