कार्तिक १४ गतेदेखि काठमाडौं महानगरपालिकाले २ हजार ८३ वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरेको जनाएको छ । पशुकल्याणमा काम गर्ने विभिन्न ५ वटा संघसंस्थासँगको सहकार्यमा वन्ध्याकरणको काम भइरहेको हो । कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेकाअनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ ।






