अर्थसचिव घनश्याम उपाध्यायले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको क्रममा अनुमान नगरेका ठाउँमा बजेट खर्च गरिरहनुपरेको बताउनुभएको छ । बुधवारराष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै उहाँले २३ र २४ गतेको जेन–जी आन्दोलनपछिको परिस्थितिबाट नेपाल सरकारले विद्यमान अवस्थालाई सहजीकरण गर्न विभिन्न कदमहरु चालेको र ती कामहरु बजेट खर्चिनुपरेको बताउनु भयो । जुन चालु वर्षमा अनुमान गरिएका थिएनन् । उहाँकाअनुसार जेन–जी आन्दोलन अघि नै बजेट आएकाले जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिमा धेरै बजेट खर्चिनुपरेको बताउनु भयो ।






