उत्तरी चीनमा चलेको चिसो हावाको लहरले व्यापक तापक्रम गिरावट ल्याएपछि तियानजिनको जिझोउ जिल्लामा अवस्थित विश्वप्रसिद्ध ग्रेट वालमा यस जाडो मौसमको पहिलो हिमपात भएको छ । हिउँले ढाकिएको ग्रेट वालको दृश्य अत्यन्त मनमोहक बनेको छ । जसले पर्यटकहरूलाई जाडोको सुन्दरतामा रम्ने अवसर प्रदान गरेको छ । चीनको मौसम विभागकाअनुसार हालैको चिसो लहरले उत्तरी क्षेत्रमा तापक्रमलाई ह्वात्तै घटाएको छ । यसले गर्दा जिझोउ जिल्लास्थित हुआंग्यागुआन (ज्गबलनथबनगबल) खण्डको ग्रेट वाल सेतो हिउँको पत्रले ढाकिएको छ । यो दृश्यले ग्रेट वालको ऐतिहासिक भव्यतालाई थप आकर्षक बनाएको छ । जाडोमा हिउँ परेको ग्रेट वाल हेर्न विश्वभरका पर्यटकहरू आकर्षित हुने गरेका छन् । हिउँले ढाकिएका अग्ला टावरहरू र घुमाउरो पर्खालहरूले परी कथाजस्तो वातावरण सिर्जना गर्छ ।






