सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार वृद्धि भइरहेको सुन सोमवार हालसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आईतवारको तुलनामा १९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ७ सय पुगेको छ । आईतवार २ हजार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८ सय पुगेको थियो । यस्तै चाँदीको भाउ पनि वृद्धि भएको छ ।






