नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताउनुभएको छ । बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताउनु भयो । उहाँले सबैभन्दा पहिला देश रहेकाले देश रहेमात्रै पार्टी रहने बताउनु भयो । उहाँले देश बनाउन राजनीतिक दलहरु रहनुपर्ने बताउनु भयो । नेकपा एमालेलाई जनताको मन मनमा समेट्नुपर्ने जरुरी रहेको बताउनु भयो । कार्यकर्ताबाटै नेता बन्ने भएकाले कार्यकताले गरेको फैसला मञ्जुर हुने बताउनु भयो ।






