नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले फागुन २१ गते निर्वाचन नभए संसद पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ । शनिवार काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले हाल ट्रयाकबाट बाहिर गएको संविधानलाई सही बाटोमा ल्याउन निर्वाचन नै उपयुक्त माध्यम भएपनि निर्वाचन हुन नसकेमा संसद पुनस्र्थापनाको विकल्पलाई पनि खुला नै राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने दाबी गरेपनि सुरक्षा व्यवस्थाको अवस्था हेर्दा त्यो सम्भव नरहेकाें बताउनु भयो । उहाँले पार्टीको महाधिवेशनमा पनि केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।






