पर्यटन प्रवद्र्धनको लागि त्रिशुली नदीमा युवाहरुलाई रिभर गाइड (र्याफ्टिङ) को प्रयोगात्मक तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल मेनेजमेण्ट (नाथम) र दिगो पर्यटन परियोजनाको सहकार्यमा तालिम दिइएको हो । नाथमका प्रधानाध्यापक अजयकुमार ढकालले रिभर गाईड नेपालको पर्यटन क्षेत्रमा चाहिने एक विशेष मानवीय स्रोत भएको बताउनु भयो । उहाँले ७० जनालाई तालिम दिन लागिएको जानकारी दिनुभयो ।






