नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनुभएको छ । पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नेताहरुमाथि प्रतिवन्ध, अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गरेर समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्रीसहित राष्ट्रपतिसँगको छलफलमा आफूले एमाले निर्वाचन विरोधी नभई प्रतिगमन विरोधी भएको कुरा राखेको समेत खुलाउनु भयो । अध्यक्ष ओलीले निर्वाचनको लागि वातावरण नबनेको कारण आफूहरु विघठित संसद पुनःस्थापनाको मुद्दामा अडिग रहेको समेत जिकिर गर्नुभयो ।






