हाल नेपाल राष्ट्र बैंकले गरेको बैंक तथा वित्तीय संस्थाहरुको वर्गिकरण मापदण्डलाई सुधार्नुपर्ने एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार कार्यदलले बैंक तथा वित्तीय संस्थाहरूलाई अहिले गरिएको मापदण्ड प्रभावकारी नभएको भन्दै मापदण्ड परिर्वतन गरेर प्रथम, दोस्रो र तेस्रो वर्गमा विभाजन गर्न सुझाएको हो । कार्यदलकाअनुसार ग्राहक सेवा, राष्ट्र बैंकको सुपरीवेक्षण विभागले गरेको समग्र जोखिम व्यवस्थापनको मूल्यांकन, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गरेको कारबाही, वित्तीय स्वास्थ्य (पुँजी पर्याप्तता, सम्पत्तिको गुणस्तर, आम्दानी तथा तरलता) जस्ता पक्षलाई हेरेर वर्गिकरण गर्न सुझाएको छ ।






