नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्दले कालोधनलाई वैध बनाउन नोटबन्दी गर्नुपर्ने बताउनुभएको छ । विहीबारवाट शुरु भएको केन्द्रिय समितिको बैठकमा उहाँले कालो धनलाई जनताको बीचमा स्वीकृत हुनेगरी ल्याउन नोटबन्दी गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालबाट ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिवन्ध लगाउनुपर्ने बताउनु भयो । त्यसको सट्टामा नयाँ नयाँ नोट दुई सय, ४ सय र दुई हजार रुपैयाँका नोटहरु प्रचलनमा ल्याउन सकिने उहाँको भनाई छ । उहाँले भ्रष्टाचार नियन्त्रणको लागि उच्चस्तरीय छानविन आयोग बनाउनपर्नेमा पनि जोड दिनुभयो ।





