हामीले खाने खाद्यपदार्थहरुमा बढी ‘ट्रान्स फ्याक्ट हुँदा शरीरको मुख्य अंगका रुपमा लिइने मुटुलाइ नै हानी गर्नसक्छ । पछिल्लो समय नेपालमा पनि खाद्य पदार्थहरुमा ट्रान्स फ्याक्ट बढी देखिन थालेको छ र मुटुलाइ नै हानी गर्नसक्ने खतरा बढेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा खासगरी औद्योगीक कच्चा पदार्थबाटै ट्रान्स फ्याक्ट बढी राखेर खाद्य पदार्थहरु बनाइने गरेको भेटिएको छ । त्यस्तो मात्रा खासगरी पाउरोटी, कुकिजहरुमा धेरै रहेको अनुगमनका क्रममा भेटिएको हो ।






