जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेन-जीको मागलाई सरकारले बेवास्ता गरेको बताउनुभएको छ । जनकपुरधाममा सोमवार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरुको माग रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले युवाहरुसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनैपनि कुराहरु अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले आन्दोलनकारी युवाहरुको साथमा सरकारले धोका दिएको बताउनु भयो ।






