पोखरा युनाइटेड एकेडेमीका विद्यार्थी खेलाडीहरूले भलिबल क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्दै विद्यालयको गौरव बढाएका छन्। विद्यालयको भलिबल टोलीले पोखरा महानगरपालिका स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरी जिल्ला स्तरको प्रतियोगिताका लागि छनोट भएको थियो। जिल्ला स्तरको खेलमा समेत टोलीले प्रथम स्थान प्राप्त गर्न सफल भई अब प्रदेश स्तरको प्रतियोगिताका लागि छनोट भएको छ।
व्यक्तिगत उपलब्धितर्फ विद्यालयका विद्यार्थी सुप्रिम भुजेल ले उत्कृष्ट सेटर (Best Setter) पुरस्कार प्राप्त गरेका छन् भने अजय सुनार ले उदीयमान खेलाडी (Emerging Player) पुरस्कार प्राप्त गरी विद्यालयलाई थप गौरवान्वित बनाएका छन्।
यी निरन्तर सफलताले पोखरा युनाइटेड एकेडेमी भलिबल खेलको केन्द्र (Hub of Volleyball) का रूपमा स्थापित भएको स्पष्ट देखिन्छ। यहाँ विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक श्री तहलसिंह थापाको कुशल निर्देशनमा व्यावसायिक तथा अनुशासित प्रशिक्षण प्रदान गरिँदै आएको छ।
पोखरा युनाइटेड एकेडेमी सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सहयोगीहरूलाई यस गौरवपूर्ण उपलब्धिका लागि हार्दिक बधाई दिँदै आगामी प्रदेश स्तरको प्रतियोगितामा उत्कृष्ट सफलताको शुभकामना व्यक्त गर्दछ।






