• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कच्चा पदार्थमा लाग्दै आएको भ्याट खारेज गर्न माग

नीतिप्रेस by नीतिप्रेस
January 7, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कच्चा पदार्थमा लाग्दै आएको भ्याटले निर्यातजन्य उद्योगलाई निरुत्साहित गरेको भन्दै त्यसलाई हटाउनुपर्ने निजी क्षेत्रका अगुवाहरुले बताएका छन् । नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण सभा एवं १० औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा निजीका प्रतिनिधिहरुले निर्यात उद्योगमा परिरहेको असरका बारेमा राज्य गम्भीर रहन जरुरी रहेको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले कच्चा पदार्थमा लाग्दै आएको भ्याट हटाएर निर्यात उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरिनु हुँदैन ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो–‘उद्योगमा चाहिने कच्चा पदार्थ धेरै जसो विदेशबाट ल्याउनुपर्ने र नेपाली कच्चापदार्थमा भ्याट लगाएर निर्यात व्यापारलाई निरुत्साहित गरियो भन्ने कुरा छ । यसमा पुनरावलोकन गर्नुपर्छ । भ्याटलाई हटाउनुपर्छ । लजिस्टीक कस्ट ३५ प्रतिशतसम्म लाग्दै आएको छ । ट्रान्जिट कस्ट पनि अरु देशमा १ महीनामा हुनेमा हाम्रोमा २ महीना लाग्ने गरेको छ ।यसलाई कसरी कम गर्न सकिन्छ भन्ने कुरामा राज्यको ध्यान पुग्नुपर्छ ।
नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डेले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी छ । उहाँकाअनुसार स्वदेशी उद्योगबाट उत्पादित वस्तुको खपत बढाउने नीति सरकारले लिनुपर्छ ।
अध्यक्ष पाण्डेले भन्नुभयो– ‘वाह्य क्षेत्र राम्रो देखिएपनि आन्तरीक रुपमा निकै समस्या छ । उद्योगहरु न्युन क्षमतामा सञ्चालन भइरहेका छन् । चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई अघि बढाउन स्वदेशी उत्पादन बढाउन जरुरी छ । खपत बढाउने नीति लिनुपर्छ । स्वदेशी वस्तुको अधिकतम प्रयोग गर्नुपर्छ । यस्तो नीतिले नै अर्थतन्त्र बलियो बनाउछ । आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष अभियान संचालन गर्नुपर्छ ।
कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष, सुरेन्द्रकुमार श्रेष्ठले उत्पादनदेखि बजारीकरणमा रहेको निजी क्षेत्रलाई उकास्न राज्यले जोड दिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार, निर्यातमुखी उद्योगलाई राज्यले विशेष सहुलियत दिएर अघि बढाउनुपर्छ ।
उपाध्यक्ष श्रेष्ठले भन्नुभयो निजी क्षेत्रले अहिलेसम्म पुँजी लगानी गर्ने वातावरण बन्नसकेको छैन । यस्तो अवस्थामा विदेशीले कसरी नेपालमा लगानी गर्छन् ? गम्भीर प्रश्न बनेको छ । आज अर्थतन्त्रको झन्डै ८१ प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको छ । उत्पादनदेखि बजारीकरण, निर्यातमुखी उद्योगसम्म निजी क्षेत्र नै अर्थतन्त्रको प्रमुख चालक बनेको छ । यस्तो अवस्थामा निर्यातमुखी व्यवसायीको हक हित संरक्षण हुनुपर्छ । हाल अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक छैनन् । बैंक तथा वित्तिय संस्थामा पर्याप्त लगानी योग्य रकम हुँदाहुँदैपनि कर्जा विस्तार हुन सकेको छैन । यसको स्पष्ट अर्थ हो मुलुकमा लगानीमैत्री बातावरण बन्न सकेको छैन । निजी क्षेत्रमा विश्वासको अभाव छ । जेनजी आन्दोलनपछि मुलुकको अर्थतन्त्र कठिन अवस्थामा ग्रुजिरहेको छ ।
अहिलेपनि उद्योगहरु लगानीयोग्य रकमको अभावमा छट्पटिनु परिरहेको बताउँदै श्रेष्ठले बैंकमा थ्रुप्रिएको लगानी योग्य रकमलाई सही रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

Previous Post

राष्ट्रिय सभा निर्वाचनः काँग्रेस, ९, एमाले ८ र लोसपालाई १ सिट

Next Post

मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल

Next Post

मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन