• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने लक्ष्य

नीतिप्रेस by नीतिप्रेस
January 8, 2026
in समाचार
1
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आउटसोर्सलाई थप विस्तार र व्यावसायिक गर्ने लक्ष्यसहित ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजना घोषणा गरिएको छ । गेनमार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने लक्ष्यसहित घोषणा गरिएको महत्वकांक्षी परियोजनालाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कार्यान्वयनमा ल्याएको हो ।
ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजना विश्वव्यापी रूपमा तीव्र गतिमा बढिरहेकोविशेष गरी लेखा, लेखापरीक्षण, कर, तलब भुक्तानी (पेरोल) तथा वित्तीय प्रतिवेदनजस्ता उच्च मूल्यका क्षेत्रमा बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) र नलेज प्रोसेस आउटसोर्सिङ (केपीओ) प्रतिको एक रणनीतिक रहेको नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्था (आइक्यान) का अध्यक्ष सिए निलबहादुर सारु मगरले बताउनुभएको छ । उहाँँका अनुसार आइक्यानले ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’मार्फत १० वर्षमा डेढ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । अबको तीन वर्षमा १० हजार, पाँच वर्षमा ५० हजार र १० वर्षमा डेढ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य छ ।
१० वर्षपछि वार्षिक ६ अर्ब ३३ करोड ६० लाख डलर आम्दानी गर्ने लक्ष्य लिएको उहाँले बताउनु भयो । आइक्यानका अध्यक्ष सिए निलबहादुर सारु मगरकाअनुसार अबको तीन वर्षमा ३४ करोड ६० लाख डलर, पाँच वर्षमा एक अर्ब ९२ करोड डलर र १० वर्षमा ६ अर्ब ३३ करोड ६० लाख डलर वार्षिक आम्दानी गर्ने योजना छ । आइक्यानले यसलाई प्रवद्र्धन गर्न आगामी माघ १७ गते काठमाडौंमै आउटसोर्सिङ सम्मेलन गर्न लागेको छ भने आगामी फागुनमा लन्डनमा हुने एक अन्तर्राष्ट्रिय एकाउन्टिङ समिटमा पनि आइक्यानले सहभागिता जनाउन लागेको उहाँको भनाइ छ ।
सारुमगकाअनुसार अहिले नयाँ पुस्ताको विद्यार्थीको आकर्षण सूचना प्रविधिमा छ । लेखा सेवातर्फ आकर्षण कम छ । फलस्वरूप विश्वबजारमै लेखापरीक्षकको अभाव देखिन थालेको छ । यससम्बन्धी शिक्षामा अमेरिका, लण्डन, अस्ट्रेलियामा ३० प्रतिशतको गिरावट आएको छ । अहिले सेवामा भइरहेका लेखापरीक्षक पनि रिटायर्ड भइरहेका छन् । नयाँ भने त्यति आएका छैनन् । त्यसले गर्दा विश्वबजारमा यस्तो सेवाको माग बढेको छ । बंगलादेश, फिलिपिन्स, भियतनाम तथा भारत यो सेवामा अघि बढिसकेका छन् । गत वर्ष फिलिपिन्सको अर्थतन्त्रमा यसको योगदान सात प्रतिशत पुगेको देखिएको छ । अब यो अवसरबाट नेपालले पनि लाभ लिनुपर्छ । नेपाललाई एकाउन्टिङको हब बनाउने लक्ष्य लिएको छ ।
आइक्यान अध्यक्ष सारु मगरले भन्नुभयो ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियोजना पछिल्लो समय एकाउन्टिङ, आउटसोर्सिङको दक्षिण एशियामा धेरै भइरहेको छ । एकाउन्टिङ, अडिटिङको आउटसोर्सिङमा भारतले लिड गरिरहेको छ । फिलिपिन्स, बंगलादेशजस्ता देशहरुले यो क्षेत्रमा एकदमै राम्रो प्रगति गरिरहेका छन् । नेपाललाई एकाउन्टिङ, आउटसोर्सिङको हब किन नबनाउने भन्ने हिसावले यसको नेतृत्व हामीले लिएर गेन प्रोजेक्ट अघि बढाएका हौं । पछिल्लो समय युरोप अमेरिका तिर अकाउन्टिङ पढ्ने विद्यार्थीको चाहिँ नम्बर घटिरहेको छ । र अहिलेको यंगस्टर्सहरु अकाउन्टिङहरु भन्दा पनि बढी आइटी तिर अथवा अन्य सेक्टरमा आफ्नो अध्ययन गरिरहेका छन । जसले पश्चिमा कर्पोरेट क्षेत्रमा अकाउन्टन्टहरुको सिग्निफिकन्ट सर्टेज भइरहेको छ । मोर इम्पोर्टन्टली अकाउन्टङ फर्महरुमा नै पनि अहिले क्वालिफाइड रिसोर्सको कम एकदमै छ र पछिल्लो समयमा अब युएस तिर मोर देन ३०% अफ अकाउन्ट्स आर रिटायरिङ, बट देर इज नो रिप्लेसमेन्ट’ छ । त्यसले गर्दा अब त्यो कर्पोरेट क्षेत्रको ग्रोथ भएको भए त्यसको वन अफ द मोस्ट इम्पोर्टन्ट आर्टिक भनेको अकाउन्टेन्टहरु हो । अनि त्यो अकाउन्टन्टहरु सर्टेज लाई पुरा गर्नु पर्यो । अकाउन्टङ कामहरु अहिले आउटसोस गरेर एसियन कन्ट्रिजहरुले त्यो सर्टेजलाई पुरा गराइरहेका छन । त्यसले गर्दा हाम्रो नेपालको सन्दर्भमा पनि हामीसँग रिसोर्सहरु राम्रै भएको छ । दैनिक  विश्व विद्यालयबाट विद्यावारिधी गर्नेहरु बढिरहेका छन् ।
उहाँकाअनुसार आउटसोर्सलाई थप विस्तार र व्यावसायिक गर्ने लक्ष्यसहित ‘ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ परियोजना ल्याइएको छ । ससम्बन्धी वेबसाइट सार्वजनिक पनि गरिएको छ । यसमार्फत विश्वबजारमा नेपाली लेखापरीक्षकमार्फत लेखापरीक्षणको सेवा दिइने लक्ष्य लिएको छ । गेन परियोजनाअन्तर्गत आइक्यानले देशको ब्रान्डिङ, रणनीतिक बजारीकरण, सीप विकास, अन्तर्राष्ट्रिय सहकार्य, अनुसन्धान तथा नीतिगत सल्लाह र इकोसिस्टम विकासका पहलहरूको नेतृत्व गर्नेछ । साथै, संस्थाले नियामकीय तथा नीतिगत सुधार, समर्पित बीपीओ केपी ओ केन्द्रहरूको स्थापना र सुदृढ डिजिटल पूर्वाधारका लागि पैरवी गर्ने आइक्यानले जनाएको छ ।

Previous Post

कानूनमन्त्री भन्छन्ः आगामी निर्वाचनमा एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस्

Next Post

सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति, निजी प्रतिष्ठानको क्षति २७ अर्ब ४९ करोड

Next Post

सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति, निजी प्रतिष्ठानको क्षति २७ अर्ब ४९ करोड

Comments 1

  1. Isabellatut293 says:
    5 months ago

     
     “चलो बनाने के एक रात हम दोनों हमेशा के लिए याद.” –   Kj3fz2f.short.gy/ueeSek?tut

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन