Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भन्सारमा मालवस्तुको घोषणा वास्तविक कारोबार मूल्यका आधारमा गरिनुपर्छः बराल

नीतिप्रेस by नीतिप्रेस
January 23, 2026
in समाचार
0
भन्सारमा मालवस्तुको घोषणा वास्तविक कारोबार मूल्यका आधारमा गरिनुपर्छः बराल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बरालले भन्सारमा मालवस्तुको वास्तविक कारोबार मूल्यका आधारमा सही घोषणा गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल भन्सार एजेन्ट संघ काठमाडौंको ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर आयोजित कार्यक्रममा बरालले भन्सार प्रशासनमा सुशासनको प्रत्याभूति गर्न पात्र, प्रणाली र पद्धतिको सुधारबाट मात्र सम्भव हुने बताउँदै मालवस्तुको वास्तविक कारोबार मूल्यका आधारमा सहि घोषणा हुनुपर्ने बताउनु भयो । उहाँले भन्सार सुधारमा भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्ट सबै पक्ष जिम्मेवार रहनुपर्नेमा जोड दिनुभयो ।
सचिव बरालले भन्नुभयो भन्सार सुधारमा भन्सार प्रशासन, निजी क्षेत्र र भन्सार एजेन्ट सबै पक्ष जिम्मेवार रहनुपर्छ । पात्र, प्रणाली र पद्धतिको सुधारबाट मात्र भन्सारमा सुशासन कायम गर्न सकिनेछ ।
उहाँले वैध व्यापारलाई सहज बनाउन राज्यका निकायहरु चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले भन्सार प्रशासनको पहिलो प्राथमिकता व्यापार सहजीकरण रहेको बताउनु भयो । नेपालको भन्सार प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन विभाग प्रतिवद्ध रहेको बताउँदै भण्डारीले भन्सारमा देखिएका समस्या समाधान गरिने बताउनु भयो ।
महानिर्देशक भण्डारीले भन्नुभयो– ‘भन्सारमा देखिएका समस्या समाधान गरिनेछ । नेपालको भन्सार प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिरहेका छौं ।  प्रशासनलाई आधुनिक तथा प्रभावकारी बनाउने प्रयास गरिरहेका छौँं ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले व्यापार सहजीकरण र राजस्व संकलन वृद्धिका लागि भन्सार प्रशासन, निजी क्षेत्र तथा भन्सार एजेन्टबीचको सहकार्य अपरिहार्य रहेको बताउनु भयो । उहाँले वैध व्यापारलाई सहज बनाउन राज्य जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले विमानस्थल भन्सार सुधारका लागि भएका पहलहरूबारे जानकारी गराउनु भयो । जनअपेक्षा अनुरूपको कार्यालय बनाउन सबै पक्षले समान जिम्मेवारी वहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष होमनाथ धमलाले त्रिभूवन विमानस्थल भन्सार कार्यालयको सुधार तथा व्यापार सहजीकरणमा तीनै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । भन्सार प्रशासन र निजी क्षेत्रबीचको साझेदारीलाई थप मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Previous Post

राष्ट्रिय सभालाई कामकाजी, उपलब्धिमूलक र जन भावना अनुरुप संचालन गर्न सबै पक्षको सहयोग आवश्यकः नारायणप्रसाद दाहाल

Next Post

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सानेपामा शुरु

Next Post
नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सानेपामा शुरु

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठक सानेपामा शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन