• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जेन्जी युबाले मतदान नै गरेर एमाले पोखरा सातको निर्बाचन कार्यालय शुभारम्भ गरे

नीतिप्रेस by नीतिप्रेस
February 9, 2026
in कास्की, गण्डकी प्रदेश, राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नं. ७ का स्थानीय जेन्जी युवाहरूले उम्मेदवार रश्मि आचार्यलाई मतदान नै गरेर नेकपा (एमाले) पोखरा–७ को निर्वाचन कार्यालय शुभारम्भ गरेका छन् । पोखराको बिकासमा ” लिङ्क पोखरा ” योजना बनाउन ध्यान दिने – एमाले कास्की दुइका उम्मेदवार रश्मि आचार्य ।

उनीहरूले जेन्जी पुस्ताको भावना र आशाअनुसारको भरोसा र योजना सहितको आफ्नाे रोजाइको उम्मेदवार पाएकोमा खुशी व्यक्त गर्दै मतदान नै गरेर सो वडाको निर्वाचन अभियान शुभारम्भ भएको घोषणा गरेका हुन् ।

स्थानीय सुकर्ण पौडेल, सुक्रान्त पौडेल, परिवेश रेग्मी सहित दर्जनौँको संख्यामा कार्यक्रममा पुगेका युवाहरूले विगतका योजना र कामको मूल्यांकन गर्दै अपुरा काम पूरा गर्ने, नयाँ नीति निर्माण गर्ने र पुराना अव्यवस्थित नीतिहरूलाई व्यवस्थित बनाउने विषयमा उम्मेदवार आचार्यलाई सुझावसमेत दिएका छन् ।

सो अवसरमा देशको नयाँ पुस्ताको चाहना बुझेको, युगको माग सम्बोधन गर्न सक्ने क्षमता रश्मि आचार्यमै रहेको भन्दै सबै युवाहरू आचार्यलाई विजयी गराउन प्रतिबद्धताका साथ लाग्ने उल्लेख गरे ।

कार्यक्रममा नेकपा (एमाले) कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार रश्मि आचार्यले पोखराको सहरी इलाका र ग्रामीण क्षेत्रबीच घनिष्ठ सम्बन्ध निर्माण गरी पर्यटन विकासका लागि आफूले ‘लिङ्क पोखरा’ अभियानको परिकल्पना गरेको बताउनुभयो ।

‘लिङ्क पोखरा’ मास्टर प्लान हुनेछ । पोखराको ग्रामीण इलाका र शहरी इलाकाबीच स्थानीय तथा पर्यटकहरूको आवतजावत घनिभूत बनाउन यो योजना महत्वपूर्ण हुने उहाँले बताउनुभयो । साथै संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने उहाँको भनाइ थियो ।

पर्यटनको राजधानी पोखरालाई अझ धेरै पर्यटक आउने शहर बनाउनेतर्फ आफू केन्द्रित हुने बताउँदै उम्मेदवार आचार्यले पोखराको समृद्धिमा यो योजना महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

मर्यादित र व्यवहारिक शिक्षा अबको कार्यनीति हुने उल्लेख गर्दै युवालक्षित रोजगारीको वातावरण निर्माण गर्ने नीति निर्माणमा जोड दिने उहाँले बताउनुभयो ।

कार्यक्रममा एमालेका पूर्व पोलिटब्यूरो सदस्य सीता गिरी ओलीले जनताको रोजाइको उम्मेदवार, आन्दोलन, शिक्षा, बौद्धिकता र इमान्दारिताका हिसाबले योग्य उम्मेदवार रश्मि आचार्य नै कास्की क्षेत्र नं. २ का जनताको रोजाइ हुने उल्लेख गर्नुभयो । युवाहरूको तीव्र र व्यवस्थित विकासका एजेण्डा कार्यान्वयन गर्न रश्मि आचार्य अब्बल उम्मेदवार भएको उहाँको भनाइ थियो ।

एमाले पोखरा–७ का अध्यक्ष अनिल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य दीपकजंग कार्कीले राख्नुभएको थियो भने सञ्चालन सचिव अर्जुन थापाले गर्नुभएको थियो ।

Previous Post

बगैँचा स्पोर्ट्स मिट २०८२ सम्पन्न : २६ समूहमा ७८९ जना बालबालिका पुरस्कृत

Next Post

वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश पठाइदिने भनी ६८ लाख बढि रकम ठगी गर्ने मानिस पक्राउ

Next Post
Crime Update - Templates

वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश पठाइदिने भनी ६८ लाख बढि रकम ठगी गर्ने मानिस पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन