• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखराको सेदीमा ट्रान्स पार्टी गर्ने ३८ जना समातिए, १२ जनामाथि मुद्दा

नीतिप्रेस by नीतिप्रेस
April 1, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको सेदीस्थित सामुदायिक वन नजिकैको एउटा पुरानो घरमा अवैध ट्रान्स पार्टी गरिरहेको अवस्थामा ३८ जना पक्राउ परेका छन् । फेवातालको माथिल्लो भेगमा पर्ने जंगलमा सोमबार राति प्रहरीले छापा मारेको हो । पक्राउ पर्नेमा विदेशी र नेपाली नागरिक छन् । तीमध्ये १२ जनामाथि लागु औषध मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । बाँकी २६ जनालाई भने सोधपुछपछि छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण ब्युरो पोखराको संयुक्त टोलीले यो कारबाही गरेको हो । प्रहरी टोली राति साढे १ बजे पार्टी स्थलमा पुगेको थियो । त्यहाँ संगीतको तालमा युवायुवती लागु औषधको नशामा रमाइरहेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार यो पार्टी कम्तीमा ७२ घण्टासम्म सञ्चालन गर्ने योजना थियो । तर गोप्य सूचनाका आधारमा प्रहरीले पहिलो दिनमै छापा मार्न सफल भयो ।
प्रहरीले खानतलासी गर्दा त्यहाँ विभिन्न प्रकारका प्रतिबन्धित लागु औषध फेला पारेको डिएसपी बस्नेले जानकारी दिए ।
बरामद गरिएका पदार्थमा एमडीएमए, चरेस र कोकिनजस्तो देखिने सेतो धुलो छन् । यस्तै खैरो हेरोइन जस्तो पदार्थ, आइस भनिने एम्फेटामिन जस्तो देखिने पदार्थ र गाँजा पनि भेटिएका उनले जानकारी दिए ।

प्रहरीले म्याजिक मसरुम र एलएसडी भनिने लाइसर्जिक एसिड डाइथाइलामाइडका कागज र तरल पदार्थसमेत बरामद गरेको छ । ‘प्रहरी टोली पुग्दा विदेशी र नेपाली युवायुवती लागु औषधको नशामा रमाइरहेका थिए,’ डिएसपी बस्नेतले भने । मुद्दा चलाइएका १२ जनामा ब्राजिल, भारत र नेपालका नागरिक छन् । ४८ वर्षीय ब्राजिलियन नागरिक चाल्र्स गुवाइवामाथि प्रहरीले मुद्दा दर्ता गर्ने भएको छ । भारतीय नागरिकमा ३१ वर्षीया श्रृष्टी चन्द र ३५ वर्षीय अनुभव शर्मा छन् । यस्तै नेपाली नागरिकमा पोखरा ६ का २७ वर्षीय विशाल परियार, पोखरा ५ का २५ वर्षीय आशिष दर्जी र पोखरा ६ कै ३२ वर्षीय बमेन्द्र पुन छन् । दाङका २९ वर्षीय सौरभ महरा, काठमाडौंका २१ वर्षीय निकुञ्ज कार्की, ३१ वर्षीय सक्षम कोइराला, ३१ वर्षीय रोशन अधिकारी, २८ वर्षीय विवेक परियार र २६ वर्षीय सौरभ भनिने लोकबहादुर घर्तीमगरमाथि पनि मुद्दा चल्ने भएको छ ।

पोखरामा ट्रान्स पार्टीलाई अवैध मानिन्छ । प्रहरीको आँखा छलेर यस्ता गतिविधि पहिले पनि हुने गरेका थिए । यसअघि २०७५ सालको चैतमा पोखराको खहरे क्षेत्रबाट ४४ जना पक्राउ परेका थिए । विसं २०६९ सम्म पोखराको फूलबारी रिसोर्टमा यस्ता पार्टी हुने गरेको प्रहरीको तथ्यांक छ । अहिले फूलबारी रिसोर्ट बन्द छ । लामो समयपछि पोखरामा यति ठूलो संख्यामा पार्टी गर्नेहरु समातिएका हुन् ।

Previous Post

शासकीय सुधारका कार्यसूची: १ महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

Next Post

चैतभर यातायात व्यवस्था कार्यालय सवारी कास्कीले बिहान ८ बजेबाटै सेवा प्रवाह गर्ने

Next Post

चैतभर यातायात व्यवस्था कार्यालय सवारी कास्कीले बिहान ८ बजेबाटै सेवा प्रवाह गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन