• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पुरस्कार वितरण र महाकाव्य लोकार्पणसहित् पोखरामा पनि छन्ददिवस मनाइयो ।

नीतिप्रेस by नीतिप्रेस
April 23, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । विभिन्न पुरस्कार वितरण र महाकाव्य लोकार्पणसहित् पोखरामा पनि छन्ददिवस मनाइयो । सोही अवसरमा पोखरा १७, बेलघारीस्थित माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालले छन्दशास्त्रका प्रणेत महर्षि पिङ्गलको जन्म–जयन्तीका रूपमा छन्ददिवस मनायो ।

प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कवि प्रा.डा. जगन्नाथ रेग्मीले कवि कृष्णशरण उपाध्यायलाई अग्निविष्णु छन्दसाधना पुरस्कार (देवघाट), छन्द बचाऊँ वाचनकला पुरस्कार दिनेश पाण्डेय ( काठमाडौं) र माधव वियोगी सम्मान वसुन्धरा पौडेल (तनहुँ) प्रदान गर्दै भाषासाहित्यमा विशेष गरी छन्दसाधना र छन्दकविता वचननका माध्यमबाट सेवा गरेका साधकलाई पुरस्कृत गरेर प्रतिष्ठानले महत्वपूर्ण कार्य गरेको बताए । उनले थपे, छन्द बचाऊँ अभियानले ल्याएको नवजागृतिलाई चिरस्थायी बनाउन छन्द विश्वविद्यालय स्थापनामा कसरत गर्नुले छन्दकवि माधव वियोगीको छन्दप्रतिको मोहलाई अझै गतिशील बनाए छ ।
छन्दकवि वियोगीले छन्द बचाऊँ अभियानको व्यापक चर्चा गर्दै अब अभियान सबैको साझा बनेको बताए । बचाऊँ अभियान२०५३ संचालनपछि छन्दमा लेखनको मात्र नभएर वाचनको समेत व्यापक बृध्दि भएको, नेपाल सरकार पन्चाङ्ग निर्णायक समितिले वैशाख ८ लाई छन्ददिवस घोषणा गरेको, अभियानका सम्बन्धमा ग्रन्थहरू प्रकाशित भएको र आफू थप छन्द विश्वविद्यालय स्थापनार्थ सरकारमा प्रस्तावसहित् कसरत गरी रहेको पनि उनले जनाए ।

कार्यक्रममा वरिष्ठ कवि नारायणप्रसाद अधिकारीले छन्ददिवसलाई पिङ्गल जयन्तीका रूपमा मनाउने प्रचलन रहनु अत्यन्त सुन्दर कार्य भएको जनाए । सो अवसरमा प्रतिष्ठानद्वारा पुरस्कृत व्यक्तित्वहरू कृष्णशरण उपाध्याय, दिनेश पाण्डेय र वसुन्धरा पौडेलले पुरस्कारले आफूहरूलाई छन्द कविता लेखन र वाचना थप प्रेरणा प्राप्त भएको बताए । इन्जिनियर ओम शर्माले साहित्यले सामाजिक चेतना ल्याउने बताए ।कार्यक्रममा माधव वियोगीका विषयमा घोडागाउँ, रोल्पाका महाकाव्यकार खेमराज शर्माद्वारा रचित छन्दसम्राट महाकायको कविवर एवम् भाषाविद् मुकुन्दशरण उपाध्यायले लोकार्पण गरेका थिए । वियोगीका विषयमा रचित सो दोस्रो महाकनव्य हो । गतवर्ष झापाका कवि भानुभक्त कुभिण्डेलीले छन्दनायक शीर्षकमा महाकाव्य प्रकाशमा ल्याएका थिए । कार्यक्रममा इन्दु रानाभाट, रूद्रबहादुर थापा, गायत्री पराजुली, लक्ष्मण गौतम हिमाली, ऋषिकेश बराल, आर्या त्रिपाठी, गुरुप्रसाद बराल, लोचना अधिकारी लगायतले कविता वाचन गरे । प्रतिष्ठानका सचिव शिव त्रिपाठीले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष छन्दमणि त्रिपाठीले संस्थाको परिचयसहित् स्वागत गरेका थिए ।

Previous Post

चैतमा ९ सय विपद्का घटना : ३० जनाको मृत्यु, ३३ करोडभन्दा बढीको क्षति

Next Post

कास्की प्रहरीले जिल्लामा पछिल्लो समय बढ्दो लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति

Next Post

कास्की प्रहरीले जिल्लामा पछिल्लो समय बढ्दो लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन