पोखरा १७ बिरौटाको West Point Children Academy का शिक्षक तथा कर्मचारीद्वारा मानवसेवा आश्रममा प्रेरणादायी कार्यक्रम
पोखरा महानगरपालिका १७ बिरौटास्थित West Point Children Academy का शिक्षक तथा कर्मचारीहरूले मानवसेवा आश्रम, कास्की हेम्जा शाखामा प्रेरणादायी कार्यक्रम सम्पन्न गरेका छन्।
उक्त कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक तथा प्रेरणादायी वक्ता रामजी अधिकारीज्यूले शिक्षक तथा कर्मचारीहरूलाई सकारात्मक सोच, मानव सेवा र सामाजिक उत्तरदायित्वका विषयमा महत्वपूर्ण प्रशिक्षण दिएका थिए। कार्यक्रममा सहभागीहरूले जीवनमा सेवा, करुणा र सहयोगको भावनाले ल्याउने सकारात्मक परिवर्तनबारे जानकारी प्राप्त गरेका थिए।
कार्यक्रमपछि West Point Children Academy का शिक्षक तथा कर्मचारीहरूले आश्रमको अवलोकन समेत गरेका थिए। अवलोकनका क्रममा उनीहरूले आश्रममा आश्रित असहाय तथा बेवारिसे व्यक्तिहरूको जीवनयापनबारे जानकारी लिँदै मानवसेवाको महत्व बुझ्ने अवसर पाएका थिए।
कार्यक्रमले सहभागीहरूमा सामाजिक सेवाप्रति थप प्रेरणा जगाउनुका साथै आगामी दिनमा यस्ता कार्यमा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।






