• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत हिस्सा नसर्ने रोगको रहेको र यसले अल्पायुमै ज्यान लिने जोखिम

नीतिप्रेस by नीतिप्रेस
April 23, 2026
in समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत हिस्सा नसर्ने रोगको रहेको र यसले अल्पायुमै ज्यान लिने जोखिम बढाएको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा स्वास्थ्य प्रवर्धनका लागि मिडियाकर्मी र स्वास्थ्यकर्मीबीचको समन्वयका लागि पोखरामा बुधबार आयोजित कार्यक्रममा विशेषज्ञहरुले नसर्ने रोगलाई समयमै नियन्त्रण नगरे यसले भयावह रुप लिने चेतावनी दिए ।

मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. रमेश केसीले सन् १९९० मा नसर्ने रोगबाट अल्पायुमै मर्नेको संख्या ३० प्रतिशत मात्र रहेकोमा अहिले त्यो बढेर ७१ प्रतिशत पुग्नु चिन्ताको विषय भएको बताए । विशेषगरी ७० वर्षभन्दा कम उमेरमै हुने मृत्युमध्ये ठूलो हिस्सा मुटुको रोग, क्यान्सर, मधुमेह र दीर्घ श्वासप्रश्वास सम्बन्धी समस्याले ओगटेको उनले जानकारी दिए ।

डा. केसीले अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, धुम्रपान र मद्यपानका कारण मानिसहरु मेटाबोलिक सिन्ड्रोमको सिकार भइरहेको बताए । मोटोपना, उच्च रक्तचाप, रगतमा सुगरको मात्रा बढ्नु, ट्राइग्लिसराइड बढ्नु र राम्रो कोलेस्ट्रोल घट्नु जस्ता पाँच अवस्था मध्ये कुनै तीन वटा देखिएमा त्यसलाई मेटाबोलिक सिन्ड्रोम भनिने उनले स्पष्ट पारे । नेपालमा ९७ प्रतिशत मानिसले दैनिक खानुपर्ने जति फलफूल र सागपात खाँदैनन्, जसले गर्दा स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ, डा. केसीले भने । उनले हप्तामा कम्तीमा १ सय ५० मिनेट मध्यम गतिको व्यायाम गर्न एवं चिनी र जंकफुड तथा प्रशोधित तेलको प्रयोग कम गर्न सुझाव दिए । नेपालमा प्रत्येक चार जनामध्ये एक जनामा मोटोपना र उच्च रक्तचापको समस्या रहेको र करिब ६ प्रतिशतमा मधुमेह देखिएको तथ्यांक उनले प्रस्तुत गरे ।

नसर्ने रोगको उपचारका लागि प्रदेश सरकारले विशेष योजना अघि बढाएको मन्त्रालयका स्वास्थ्य तथ्यांक अधिकृत बुद्धिसागर अधिकारीले जानकारी दिए । उनले गण्डकी प्रदेशमा क्यान्सरका बिरामीका लागि संघीय सरकारले दिने १ लाख रुपैयाँ बराबरको सहयोग सकिएपछि प्रदेश सरकारले थप १ लाख रुपैयाँ आर्थिक सहायता दिने व्यवस्था गरेको बताए । बिरामीले यो सेवा लिन पहिले जस्तो वडा वा स्थानीय तहबाट सिफारिस लिनु नपर्ने गरी कार्यविधि सहज बनाइएको उनले सुनाए । ‘हामीले यसलाई डिजिटल प्रविधिमा लगेका छौं, बिरामीले सम्झौता भएका ६ वटा अस्पतालमा स्वघोषणा पत्र भरेर र प्रदेशको बासिन्दा भएको प्रमाण पेश गरेपछि सिधै सेवा पाउनेछन्, अधिकारीले भने । हालसम्म भरतपुर क्यान्सर अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सिभिल अस्पताल र कान्ति बाल अस्पतालसँग सम्झौता भइसकेको छ ।

गत वर्ष मात्रै भरतपुर क्यान्सर अस्पतालमा गण्डकीका ८ सय ८३ जना बिरामीले उपचार सेवा लिएका थिए ।कार्यक्रममा दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उद्धारका लागि सञ्चालित एयरलिफ्टिङ कार्यक्रमबारे पनि छलफल भयो । २०७६ साल यता ७१ पटक हेलिकप्टरमार्फत बिरामीको उद्धार गरिएको छ, जसमा बागलुङबाट मात्र ३० जना छन् । अधिकारीले प्रदेश सरकारले गर्भवती र सुत्केरीका साथै २८ दिनसम्मका नवजात शिशुलाई पनि एयरलिफ्टिङको दायरामा समेटेको बताए । कतिपय अवस्थामा चिकित्सकले टेलिमेडिसिनमार्फत भिडियो कल गरेर स्थानीय स्वास्थ्यकर्मीलाई सुत्केरी गराउन सहयोग गरेको र अन्तिम विकल्प नहुँदा मात्र हेलिकप्टर प्रयोग गर्ने गरिएको उनले बताए । भौगोलिक विकटता, हेलिप्याडको अभाव र पोखरामा हेलिकप्टरको बेस नहुँदा उद्धार कार्यमा चुनौती थपिएको उनले उल्लेख गरे ।

गण्डकी प्रदेशमा सरकारी अस्पतालको सेवा विस्तार र जनशक्ति व्यवस्थापनमा पनि उल्लेख्य सुधार भएको दाबी गरियो । डा. केसीका अनुसार विगत ४ वर्षमा प्रदेशका १४ वटा अस्पतालमा बिरामीको चाप तीन गुणाले बढेको छ । आर्थिक वर्ष २०७७÷७८ मा २ लाख ८४ हजार बिरामीले सेवा लिएकोमा गत वर्ष ८ लाख ८६ हजार पुगेको उनले बताए । पहिले निजी अस्पतालमा जाने बिरामी २२ प्रतिशत थिए, अहिले सरकारी अस्पतालको सेवा सुधार भएपछि त्यो घटेर १२ प्रतिशतमा झरेको छ, केसीले भने । प्रदेश सरकारले अस्पतालको शड्ढया संख्या र दरबन्दी पनि बढाएको छ । पहिले ३ सय ९८ रहेको दरबन्दीलाई बढाएर १ हजार २५ पु¥याइएको छ, जसलाई आगामी ४ वर्षभित्र पूर्ण रुपमा पदपूर्ति गर्ने सरकारको लक्ष्य छ ।

कार्यक्रममा मन्त्रालयका योजना महाशाखा प्रमुख सुरज गुरौले मानसिक स्वास्थ्य र ध्यानको महत्वबारे कार्यपत्र प्रस्तुत गर्दै व्यस्त जीवनशैलीमा मानसिक सन्तुलन कायम राख्न योग र ध्यान आवश्यक रहेको बताए । सूचना अधिकारी प्रशान्त राज शर्माले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै स्वास्थ्यका सही सूचना नागरिकसम्म पु¥याउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । पत्रकार परशुराम शर्माले स्वास्थ्य पत्रकारिता गर्दा तथ्य र तथ्यांकमा ध्यान दिनुपर्ने र संवेदनशील विषयमा कलम चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने सुझाव दिए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका कर्मचारी र विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुको सहभागिता थियो ।

Previous Post

कास्की प्रहरीले जिल्लामा पछिल्लो समय बढ्दो लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति

Next Post

West Point Children Academy का शिक्षक तथा कर्मचारीद्वारा मानवसेवा आश्रममा प्रेरणादायी कार्यक्रम

Next Post

West Point Children Academy का शिक्षक तथा कर्मचारीद्वारा मानवसेवा आश्रममा प्रेरणादायी कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन