• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बाग्मती प्रदेशमा मन्त्रालय संख्या कटौती: १४ बाट ८ मा झारियो

नीतिप्रेस by नीतिप्रेस
May 6, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । बाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउँदै अब ८ वटा मात्र कायम गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका १४ मन्त्रालयलाई घटाएर ८ मा सीमित गर्ने निर्णय गरेको हो। १ सय १० सदस्यीय प्रदेश सभामा प्रशासनिक खर्च न्यूनिकरण गर्ने उद्देश्यले यस्तो कदम चालिएको बताइएको छ।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ ले खर्च कटौती र आर्थिक मितव्ययितालाई प्राथमिकता दिँदै यो निर्णय लिइएको जानकारी दिएका छन्। उनका अनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशमा जम्मा ८ मन्त्रालय मात्र रहनेछन्।

नयाँ संरचना आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ भने हालको मन्त्रिपरिषद् चालु आर्थिक वर्षको अन्त्यसम्म यथावत् रहनेछ। साउनदेखि संशोधित संरचना लागू गरिने प्रवक्ता तामाङले स्पष्ट पारे। जनताको करबाट संकलित रकमलाई अधिकतम रूपमा पुँजीगत क्षेत्रमा लगानी गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

प्रशासनिक संरचनालाई अझ प्रभावकारी र मितव्ययी बनाउन पूर्व सचिव विमल वाग्ले को नेतृत्वमा गठित समितिले मन्त्रालय संख्या घटाउन सुझाव दिएको थियो। समितिले मन्त्रालय धेरै भए पनि कार्यसम्पादन अपेक्षाअनुसार प्रभावकारी नभएको निष्कर्ष निकालेको थियो। साथै, आन्तरिक राजनीतिक सन्तुलनका लागि मात्र मन्त्रालय विस्तार गरिएको पनि औंल्याइएको थियो। सोही सुझावलाई आधार मानेर सरकारले पुनर्संरचना गर्ने निर्णय गरेको हो।

बाग्मती प्रदेशमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय रहने भएका छन्। त्यस्तै, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयलाई निरन्तरता दिइएको छ।

मन्त्रालयहरूको संरचनासँगै मातहतका कार्यालय पनि कटौती गर्ने तयारी गरिएको छ। हाल सञ्चालनमा रहेका १ सय ९८ कार्यालयमध्ये करिब ५० वटा हटाउने योजना सरकारको छ।

यसैबीच, मन्त्रिपरिषद्ले मन्त्रालयअन्तर्गतका कर्मचारी व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समिति गठन गरेको छ। मुख्यमन्त्री कार्यालयको कानुन महाशाखाका प्रदेश सचिवको संयोजकत्वमा गठित उक्त समितिमा आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालयका सचिव सदस्य रहनेछन् भने मुख्यमन्त्री कार्यालयका उपसचिवलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ। समितिले आवश्यक अध्ययन गरी साउन १ गतेअघि नै प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्नेछ।

यस्तै, मन्त्रिपरिषद् बैठकले काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्क सञ्चालक समितिको अध्यक्षमा चन्द्रबहादुर गोपालीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

Previous Post

पोखरा युनाइटेड एसईई कपमा बास्केटबल, रघुगंगा प्रथम

Next Post

रारा पोखरा स्पोर्टस् अवार्डलाई गोर्खा हिल क्यास एण्ड क्यारी यूकेको साथ

Next Post

रारा पोखरा स्पोर्टस् अवार्डलाई गोर्खा हिल क्यास एण्ड क्यारी यूकेको साथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन